गुलाब किन्न नसक्नेको प्रेम
प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार
मीना शर्मा
प्रेम अनुभूति हो,
यो रंगीन छ,
गुलाफभन्दा सुन्दर छ,
गुलाफ प्रेमको संकेत होईन हजूर
गुलाब किन्न नसक्नेको प्रेम
झनै उदाहरणीय छ संसारमा
उपहार बर्षाउदैमा प्रेम बर्सिने भए
संसारमा सबै खुशी र प्रेम
धनीको पोल्टामा हुन्थ्यो हजुर ।।
प्रेम अनुभूति हो
यो इन्द्रेणीझै सप्तरंगी छ,
गुलाफभन्दा सुन्दर छ ।
ताजमहलभन्दा अमूल्य छ ।
नाइल नदीभन्दा लामो छ ।
सच्चा प्रेम सधै विजयी छ ।
यसमा हरियाली छ, उत्साह छ ।
उपहार दिने सबैले प्रेम गर्दैनन्
उपहारसंगै उपहास गर्छन् ।
गुलाफ भएर प्रेम भएको होईन ।
प्रेम दिवस आउँछ जान्छ
तर प्रेम सदावहार रहन्छ ।
प्रेममा घाटा र नाफा नखोजौ
त्यसको लागी व्यापार छदैछ ।
प्रेम दिवसमा मात्र सुरु हुदैन ।
यो आफैं हुन्छ पत्तै नपाई ।
एक पटक प्रेम गरेर हेर्नुस
यो रंगीन प्रेमलाई गुलाफ चाहिँदैन ।
विश्वास र मुस्कान भए पुग्छ ।
तसर्थ,
मनको बारीमा गुलाफ फुलाउ ।।
ओईलिएर जाने गुलाफ
मैलिएर जाने बनावटी प्रेम
एउटा दिवसमा सुरु हुन्छ
अर्को दिवस नआउँदै
मैलिएर जान्छ,
ओईलिएर जान्छ ।
निस्वार्थ प्रेम गरी हेर,
यो दुबो जस्तो फैलिएर
मौलिएर जान्छ ।






