बालुवाटार जग्गामा आफ्नो नाम जोडिएकोमा एनआरएनए उपाध्यक्षको आपत्ति


प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा सम्बन्धी प्रकरणमा आफ्नो नाम जोडेर विभिन्न सामाजीक सञ्जाल र अनलाइनहरुमा आएको खवरप्रति ध्यानाकर्षण भएको एनआरएनए उपाध्यक्ष सोनाम लामाले जनाएका छन् । जग्गा खरिद गर्दा आफू संघको कुनै कार्यकारी पदमा नभएको र तत्कालीन नेतृत्वले नै सबै निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् – ‘जग्गा खरिद गर्दा म संघको कुनै कार्यकारी पदमा नभएको र तत्कालीन नेतृत्वले नै सबै निर्णय गरेको हो । म सधै नै संघको हितका लागि निस्वार्थ भावनाले काम गर्दै सधै साथ दिर्दै आएको यहाँहरुलाई अवगत नै छ ।’

हाल पनि आफू संघको लागि कुनै प्रलोभन बिना निस्वार्थ हिसावले काम गर्दै आएको उनले बताएका छन् । कुनै आधार र प्रमाण विना कपोल कल्पित रुपमा आर्थिक चलखेल जस्तो गम्भिर आरोप लगाउनु मान्य हुन नसकने र यो साधारण पत्रकारिताको मर्म विपरीत रहेको उनको भनाई छ ।

यस सम्बन्धमा हुने जुनसुकै छानबीनलाई सघाउन आफू तयार रहेको लामाले बताएका छन् । विना आधार आरोप लगाउने कार्यप्रति सजग रहन समेत उनले सबैमा अनुरोध गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भनेका छन् – ‘मेरो नाम राखेर चरित्रहत्या गर्ने नियतले आरोप लगाउनेहरु प्रति कानूनी कारवाही अघि बढाउन सक्ने तर्फ सम्बन्धीत सबैलाई सचेत गराउँदछु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com