प्रेम दिवस
प्रकाशित मिति : फाल्गुन १, २०७६ बिहीबार

– अनु शाह
रातो गुलाफ र
हार्टसेप चक्लेट,
क्यान्डल लाईट डिनर पछि
किनारामा तिमी सँगै बसेर
सागरको लहर हरुमा
जूनको सुन्दर प्रतिबिम्ब निहार्दै
बैँशालु योबनको मधुमासमा
बसन्ती राग सुन्दै
अल्लारे मस्त पवनको
मदहोश नशामा झुम्दै
किनारामा खाली खुट्टा डिहेर
आफ्नै औँलाले भिजेको बालुवामा
तिम्रो नाम लेख्ने मेरो रहरहरू
कसीलो तिम्रो छात्तीमा
टाँसीयर तिम्रो धडकनको धुनमा
स्पदनको उतार चढाब सँगै
तिम्रो प्रेमको रँग घोलेर
तिम्रै रँगमा रँगीयर
तिम्रो प्रेममा समर्पित
हुन सकीन प्रिय
तिम्रो न्यानो प्यारो स्पर्स,
मेरो बन्द मुठिमा भएको
भाग्यरेखामा रहेनछ यो बर्ष
दुखी नबन प्रिय,
यो बर्ष यस्तै भयो,
अर्को बर्ष प्रेम दिवस सँगै मनाउँला
चालीस कटे कटोस
अर्को बर्ष हामी सँग सँगै रमाउँला !