एनआरएनए आईसीसीको मानार्थ परिषदमा अमेरिकाबाट १६ जना मनोनित
प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

एनआरएनए आईसीसीको मानार्थ परिषदमा अमेरिकाबाट १६ जनालाई मनोनित गरिएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकले मानार्थ सदस्यहरु मनोनित गरेको हो ।

अमेरिकाबाट मानार्थ सदस्यमा नियुक्त हुनेमा नविन शेरचन, लोक तिवारी, प्रेम श्रेष्ठ, पुरुषोत्तम ढकाल लगायत छन् । त्यस्तै बेद बस्नेत, भरत अर्याल, गोविन्द श्रेष्ठ, कृष्ण केसी, कृष्ण कोइराला, कृष्ण लामिछाने, प्रकाश सापकोटा, प्रतिक पाण्डे पनि अमेरिकाबाट मानार्थ परिषद सदस्यमा मनोनित भएका छन् ।

प्रेम अधिकारी, राजेश पण्डित, छेपक गुरुंग र उत्तम लामिछानेपनि मानार्थ परिषद सदस्यमा मनोनित भएका छन् । यसअगाडि ५१ सदस्यीय मानार्थ समिति रहेकोमा अहिले १११ सदस्यीय बनाइएको छ ।

यसअगाडि नविन शेरचन एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय उपसंयोजक रहेका थिए भने लोक तिवारी एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष थिए ।
त्यस्तै प्रेम श्रेष्ठ राप्रपाका सहमहामन्त्री हुन् भने पुरुषोत्तम ढकाल एनआरएनए अभियानमा सकृय संचारकर्मी हुन् । बेद बस्नेत यसअगाडि एनआरएनए आईसीसीका सदस्य थिए ।
