अब एनआरएनए आईसीसी र सबै एनसीसीले तीनतीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

अब एनआरएनए आईसीसी र सबै एनसीसीले तीनतीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भएको छ । अब उप्रान्त आइसिसी र सवै एनसिसीहरुले हरेक तीनतीन महिनामा आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै जानुपर्ने एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तले बताएका छन् ।

एनआरएनए भित्र आर्थिक घोटाला भएको चर्चा बढिरहँदा संस्थालाई पारदर्शी बनाउन आर्थिक प्रतिवेदन तीनतीन महिनामा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । एनआरएनए आईसीसीको आर्थिक प्रतिवेदन वेवसाइटमार्फत नै सार्वजनिक गरिसकिएको छ ।

आर्थिक प्रतिवेदनमा एनआरएनए भवन निर्माणदेखि शंखमुल गार्डेन परियोजनासम्मको विस्तृत विवरण समेटिएको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला ।

एनआरएनए अध्यक्ष कुमार पन्त

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुमार पन्तले भनेका छन् – ‘गैर आवासीय नेपाली संघको आर्थिक पाटोलाई पारदर्शी र उत्तरदायीपूर्ण बनाइए मात्र संस्थाको गरिमा लाई उचो राख्न सकिन्छ भन्ने मान्यता बमोजिम अन्तरराष्ट्रिय समन्वय परिषदको निर्णय अनुसार संघको आर्थिक प्रतिवेदनलाई संघको वेवसाइट मार्फत सार्वजनिक गरिसकिएको छ।’

अब अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णय बमोजिम संघका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुको वित्तिय अवस्था पनि पारदर्शी बनाउन र वित्तिय विवरण, आर्थिक प्रतिवेदनमा एक रुपता ल्याउनको लागि आआफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गर्नको लागि पत्राचार गरिसकिएको पन्तले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com