‘जग्गाको पैसा फिर्ता लिएर बालुवाटारको एनआरएन भवन प्रयोग गर्नुको विकल्प छैन’


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

बालुवाटारमा एनआरएनए भवन रहेको जग्गा भूमाफियामार्फत खरिद गरेको खुलासा भएपछि सरकारले फिर्ता लग्नसक्ने चर्चासँगै अन्यौल श्रृजना भएको छ । एनआरएनएले उक्त जग्गा साढे १२ करोड रुपैयामा किनेको थियो ।

एनआरएनए कार्यालय रहेको बालुवाटार जग्गाको विषयमा विश्वभरबाट के भएको हो भनेर चिन्ता र चासो व्यक्त भएको भन्दै एनआरएनए अध्यक्ष कुमार पन्तले भन्नुभएको छ – ‘यस विषयमा हामीले मुद्दा मामिलामा नगई एनआरएनए भवन भोगचलन गर्न पाउनुपर्ने भन्दै सरकारसँग माग गरिरहेका छौं ।’

पन्तले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ – ‘सरकारसँग यस विषयमा पटक–पटक छलफल भइसकेकाले एनआरएनएले जग्गाको पैसा फिर्ता लिने र भवन प्रयोग गर्नुको विकल्प छैन । त्यसैले साथीहरुलाई नआत्तिन अनुरोध गर्दै छिट्टै संघको बैठक बसी आधिकारिक धारणा सार्वजनीक हुने जानकारी गराउन चाहान्छु ।’

यसअगाडि एनआरएनएले बालुवाटारको जग्गा किन्दा आफूहरु ठगिएको बताएको थियो । बालुवाटारको जग्गा लालपुर्जासहित किन्दा पनि सो जग्गा विवादमा रहेको पछिमात्रै आफूहरुले थाहा पाएको बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनएले खरिद गरेको उक्त जग्गा भूमाफियामार्फत खरिद गरेको खुलासा भएको थियो । एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो।

यसअघि बालुवाटारको जग्गा फिर्ता लगेमा सरकारले क्षतिपूर्ति दिनुपर्ने एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले बताउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com