‘नक्कली फेसबुक एकाउन्ट खोलेर बदनाम गर्ने अपराधीलाई बचाउन खोज्नेहरु महाअपराधी’


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

एनआरएनए आईसीसीका सचिव गौरी जोशीले नक्कली फेसबुक एकाउण्ट खोली संघमा आवद्ध व्यक्तिको चरित्र हत्या गर्ने सामाजिक संस्थाका पदाधिकारीहरु अपराधी रहेको र अपराधीलाई बचाउन खोज्नेहरु महाअपराधी रहेको बताएका छन् । अमेरिकामा नक्कली फेसबुक एकाउन्टहरु खोलेर एनआरएनएमा आवद्ध लगायत विभिन्न व्यक्तिको बदनाम गर्नेमा एनआरएनए अमेरिकाभित्रकै पदाधिकारीहरु रहेको खुलासा भएपछि जोशीले यस्तो प्रतिकृया दिएका हुन् ।

केहीदिन अगाडि प्रशन्न संग्रौलाले नक्कली फेसबुक एकाउन्ट नै नियन्त्रणमा लिएर त्यसको संचालनमा एनआरएनए अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्लसंलग्न भएको दावी गरेका थिए ।

यसैबीच एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले एक वक्तब्य जारी गरी नक्कली फेसबुक एकाउन्ट बनाएर चरित्रहत्या गर्ने कामप्रति आफ्नो ध्यानाकर्षण भइरहेको बताउँदै सत्यतथ्यको जगमा अगाडि बढ्ने बताएका थिए । यो विषयलाई सम्बोधन गर्न आवश्यक प्रकृया अगाडि बढाइएको पनि उनले जनाएका थिए ।

त्यस्तै एनआरएनए अध्यक्ष कुमार पन्तले त्यसबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् । संस्थाको नाम जोडिएर बद्नामी हुने अवस्था आउनु नहुने भन्दै अध्यक्ष पन्तले संघका महासचिव डाक्टर हेमराज शर्मा र अमेरिकाका रिजनल कोआर्डिनेटर राजन त्रिपाठीलाई घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनामा संलग्न भएको दावी गरिएका व्यक्तिलाई निलम्बन नगरी ढाकछोपको प्रयास गरिएको भन्दै विभिन्न सरोकारवालाहरुले आपत्ति जनाएका छन् । उनीहरुले घटनामा संलग्न भएको भनिएकाहरुलाई निलम्बन गरेर अनुसन्धान प्रकृया अगाडि बढाउन माग गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com