साउदीमा अलपत्र परेका नेपालीद्धारा उद्धार गर्न अाग्रह (भिडियो)


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

काठमाडौं -साउदी अरबको दमाममा रहेको अल सरिब नामक कम्पनीमा अलपत्र नेपाली यूवाहरुले उद्धारका लागि आग्रह गर्दै एक भिडियो सन्देश जारी गरेका छन् । उनीहरुले नेपालको हटलाइन, दुतावास, मेनपावर कम्पनीलाई फोन गर्दा पनि उद्धार नभएकोले भिडियो मार्फत उद्धारका लागि आग्रह गरेका छन् ।

उनीहरुले त्यहाँ पुगेको १० महिनासम्म काम र तलब नपाएको भन्दै उद्धार गर्न भनेका छन् ।  काठमाडौंको बानेश्वरस्थित कस्मो ईन्टरनेशनल मेनपावर खरीबोटबाट उनीहरु १ लाख ५० हजार रुपैयाँ बुझाएर साउदी अरब पुगेको भिडियोमा बताएका छन् ।

उनीहरुले म्यान पावर कम्पनीका प्रबन्धक निर्देशक नारायण काफ्लेलाई उद्धारका लागि आग्रह गर्दा पनि मतलब नगरेकोले मेनपावर कम्पनीलाई कार्बाहीका लागि अनुरोध पनि गरेका छन् । उनीहरुले १० महिना देखी अलपत्र परेको र भोकभोकै मर्ने स्थितिमा पुगेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com