पहिचान होस यस देशको


प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

यो मेरो देश असल हो रुख ,
छ बर ,पिपल छहारी !
हिमाल छानो ,तराईको मानो हरेक जीवन गुज़ारी !

यो देश मेरो  हिराको खोला जल शक्तिमा बगाउँछ !
नेपाली माटो ,सुनका खानी गर्भमा पनि लुकाउँछ !

यो काला पानी र लिपुलेक अनि लिम्पियाधुराको!
वीर छ छोरो यो नेपाली मोरो रिसाउँ छ साऱ्है नै यो !

यसैले नछोऊ यो वीरको भूमि मायाँले कति सिंचेको !
अरुको पनि लिन्नौ आफ्नो पनि दिन्नौ यो असल बानी हो !

छोरे बहादुर छ गरेर खान्छ माग्दैन् केही कसैको!
जगत  पुग्छ ,गुजार गर्न ,शिर कहिँ झुकाउँदैन पो !

मिलेर जाऊ नेपाली सारा सिमाको कुरो छ यो !
एक जुट बन असल कुरा भन फिर्ता गर भूमि हाम्रो !

हामी असल छौँ ,शान्ति प्रिय छौ झगडा गर्दैनम्!
तर यो भूमि कसैले छुँदा सहन किन हो सक्दैनम् !

यसैले सुन छिमेकी तिमी मनका भाव हाम्रा!
सहयोग माग सकेको दिउँला
दिदैनौ भूमि हाम्रो !

शोभा खतिवडा (सुबा) 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com