न्युयोर्कमा एनआरएनए आईसीसी उपाध्यक्ष लामाको स्वागत, भारतीय अतिक्रमणबिरुद्ध प्रदर्शन तय


प्रकाशित मिति : मंसिर ९, २०७६ सोमबार

– बिष्णु सिंह बैजु

काठमाण्डौंमा सम्पन्न एन्आरएनए आईसीसीको चुनावबाट केन्द्रीय उपाध्यक्षमा विजय प्राप्त गरेका सोनाम लामालाई न्युयोर्कमा स्वागत अभिनन्दन गरिएको छ । न्युयोर्कको हिमालयन याक रेष्टुरेण्टमा आयोजित कार्यक्रममा स्वागत तथा वधाई ज्ञापन गरिएको हो ।

उपाध्यक्ष लामाले आफुलाइ साथ सहयोग गरि विजय बनाएकोमा अमेरिका र विश्वभर रहेका नेपालीप्रति धन्यवाद र कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले आफ्ना चुनावी प्रतिवद्धताहरु पूरा गर्न लागी पर्ने समेत बताउनुभयो ।

उपाध्यक्षमा विजयी भएकोमा महाबाणिज्यदूत पुष्पराज भट्टराईले भिजिट नेपाल २०२० मा एनआरएनले अझै खासै उल्लेखनिय कार्य गरेको देख्न नपाएको बताउँदै भिजिट नेपाल २०२० सफल पार्न हातेमालोको लागि आग्रह गर्नुभयो । कार्यक्रममा सोनाम लामालाई शुभकामना दिदै रबिन बज्राचार्यले आईसीसी चुनावमा लामाले पाएको २६० भोट मध्ये १०९ क्यानाडाको एनआरएनएले नदिएको भए लामाको जित अनिश्चित हुने उल्लेख गर्दै अमेरिकी एनआरएन चुनावप्रति उदासिन रहेको बनाउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनसंपर्क समिती अमेरिकाको सभापती आनन्द बिष्टले समितिको तर्फबाट बधाई दिदै अब आगामी दिनमा आईसीसीको मुख्य नेतृत्व सम्हाल्नुपर्ने बताउनु भयो । साथै भारतले नेपालको भुभाग अतिक्रमण गरेको बिरुद्ध चाडै समितिले संयुक्त राष्ट्रसंघ अगाडि सबै तह र तप्काका जनसमुदाय समेटेर एक बिशाल प्रदर्शन र आम सभा आयोजना गर्ने पनि उल्लेख गर्नु भयो ।

अन्तमा शैलेश श्रेष्ठले सोनम लामाको जित अमेरिका बासी सबै नेपालीको जित हो भन्दै एकअर्कासँग हातेमालो गर्दै सफलताको प्रतिबद्धता गर्नु नै लोकतन्त्रको सुन्दरता भएको उल्लेख गर्नुभयो । साथै पत्रकारिता कसैको तावेदारी गर्ने नभै बिकृती र बिसंगतीको निरन्तर खबरदारी गर्ने हो भन्दै आफु एन आर एनमा आएको बिकृतिमा सदै खरो आलोचक बनेको उल्लेख गर्नु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com