तारा कुमारीको कथा !


प्रकाशित मिति : फाल्गुन २९, २०७३ आईतबार

नारायण ढुंगाना, चितवन / पखेरामा बनेको सानो झुप्रोको माइती घर। अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ। झिङ्गा भन्किरहेका छन्। झिङ्गा आउँछन् भनेर हातले नाकमुखमा छोपेकी छिन्।

दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तन चुस्दैछन्। सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् भने अर्को बच्चा त्यहीँ निदाएको छ। सरसफाइको अभावमा रहेको बच्चाको कपडा मैला छन्, अनुहारमा समेत फोहर छ। गत सोमबार ताराकुमारीलाई यस्तै अवस्थामा भेटिइन्। यो अवस्थाले नै उनको जीवनको व्यथा कहानी बोलिरहेको छ।

तस्बिर खिचेपछि उनको अर्धनिद्रा भङ्ग भयो। ‘कति वर्षको हुनु भो दिदी’ कुरा सुरु गरें। ‘खै के‘था’ ताराकुमारीले छोटो उत्तर दिइन्। ‘क्या रे बाउ, मो कति भयो’ बुबा पट्टि फर्किएर सोधिन्। ‘खै ३०–३५ भो कीर, बाहिर भिरालो बारीमा टुक्रुक्क बसेरै बुबाले भने।

उनको भनाइमा परिवार पाल्ने एक पाटो जमिन छ। यसपालि उब्जनी भएको अन्न सबै सकिइसक्यो।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

‘यो पालिको मकै पोलेर खान पनि पुगेन, ताराकुमारीले भनिन्, – एक पाटाको के गर्ने सर, भुराले पोलेर खाइहाल्छ, कति पुगोस् त १ अहिले गाउँमा पर्म गर्‍यो, देउ न होई भन्यो, एक–एक पाथी माग्यो, खायो।’ ‘छोराले कमाउँलान् नि त’ भन्ने प्रश्नमा उनले भनिन्, ‘छोराले के कमाउँछ  त्यहीँ आफ्नो ज्यान पाल्छ। नुन तेल ल्याउँछ, त्यहीँ हो।’

परिवारमा कसैले पढेका छैनन्। साना बच्चा पनि पढ्ने खालका देखिदैनन्। पढाइप्रति चेतना नै छैन। ‘कोहीले नि परेन सर, के गर्ने अबर’ उनले भनिन्। उनको घरमा अहिले खानका लागि अन्न छैन। खडेरीका बेला चेपाङ गाउँ सुख्खा छ।

‘एक एक ठाउँमा साहु हुन्छ नि सर भोलि हामी काम गरेर तिर्छौं भनेर एकएक पाथी, दुईदुई पाथी मागेर खाने, ताराकुमारीले भेद खोलिन्। मागेर पनि नपाइने अवस्थामा चेपाङहरु जङ्गलमा गिठा र भ्याकुर खोजेर भोक टार्छन्।

यति कुरा गरिरहँदा सहयोगीहरुले दिएको कपडा छान्दै बच्चाहरु झगडा गरिरहेका थिए। ताराकुमारीका ३ छोरा र ३ छोरी छन्। चार बच्चा चाहीँ पछिल्लो पटकका बर्सेनिका हुन्। यति कुरो चाहीँ उनलाई थाहा छ।

वर्ष कसैको थाहा छैन। न त आफ्नो वर्ष नै थाहा छ न त बिहे गरेको मिति नै। दुईजना छोराअलि ठूला छन्। जेठाको नाम राजु र माइलाको नाम माइलो नै। उनीहरु चितवनको रत्ननगरस्थित पिठुवामा मजदुरी गर्न गएको ताराकुमारीले बताइन्। अन्य ४ वटा बर्सेनिका भने उनीसँगै छन्।

‘कान्छाको नाम कान्छै हो, जेठी सञ्चमायाँ, यो सानी कान्छी, अनि यो कान्छीु, उनले औंल्याउँदै भनिन्। छोरा छोरी कति वर्षका भए भन्ने उनलाई हेक्का छैन। श्रीमानको नाम रामप्रसाद चेपाङ।

सरकारसँग के माग्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘खै हामी पहारको मान्छे केही जान्दैन सुन्दैन।’ एकछिन छिमेकी लरीमायाँसँग चेपाङ भाषामै खासखुस गरिन् र फेरि भनिन्, ‘सरकारले जस्ता दिया त हुन्थ्यो भन्ने लाग्छ आफ्नो मनले।’

बिहे कहिले भा’को निरु खै त्यै बा–आमाले जान्दा होला।

तपाईलाई थाहा छैनरु अँ हँ, ओ बा कति सालमा व्ये गर्‍या रे मलाईरु बूढा खै तरु बुरा खै तलतिर गा’छ।

के गर्छन् तरु पर्म गर्छ, खान्छ, हिँड्छ।

काम गर्दैनन्र एक पाटोमा के काम गर्नु अरु काम खाना नपुग्या बेला कुल्ली गर्छ।

यस्तो थियो ताराकुमारीसँगको संक्षिप्त कुराकानी।

चितवनको विकट पहाडी गाउँ सिद्धि गाविसको वडा नम्बर ९ छेरवाङमा उनको घर छ।

चितवनको सदरमुकाम भरतपुरबाट पूर्व पर्छ विकट गाउँ सिद्धि। चेपाङ्गको बसोबास बढी छ। भरतपुरबाट झण्डै ३० किलोमिटरको सवारी यात्रामा शक्तिखोरको दोगरा पुगिन्छ। त्यहाँबाट करिव ३ घण्टाको उकालो चढेर उनको घर पुगिन्छ। घर नजिकै माइती भएकाले सोमबार विहानै ताराकुमारी लालाबाला च्यापेर माइत पुगिन्। त्यही बेला उनीसँग भेट भएको हो।

जन्मिहाल्यो, फाल्नु भएन

बच्चाबच्ची किन यति धेरै जन्माएको त भन्ने प्रश्नमा एकछिन मज्जैले हाँसिन् ताराकुमारी। ‘जन्मी हाल्यो के गर्नु त अब, फाल्नु भै’नु, उनको सहज जवाफ थियो। अब भने बच्चा नजन्माउने उनको अठोट छ। ६ बच्चा पाएपछि उनमा बल्ल चेत खुलेको छ। ६ जना बच्चा जन्माएपछि परिवार नियोजनको ख्याल आएको ताराकुमारीले बताइन्। ‘अस्तिदेखि क्याप्सुल लगाकोु, उनले भनिन्, ‘अब बन्द भो।’

शक्तिखोरका दलबहादुर चेपाङ अधिकाँश चेपाङको पीडा यस्तै भएको बताउँछन्। पटक पटक अन्न कपडा दिएर भन्दा सीप र शिक्षा दिनु आवश्यक उनी ठान्छन्। यसतर्फ न राज्यले ध्यान दिएको छ न गैरसरकारी संस्थालाई नै चासो छ।

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर खत्री उनीहरुको अवस्था देखेपछि अब परिवर्तनका लागि अभियान नै चलाउने सोच बनाएको अनुभव सुनाउँछन्। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com