ढुक्क हौँ, भारतले अतिक्रमण गरेको भूमि फिर्ता हुन्छ: परराष्ट्रमन्त्री


प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्पष्ट पार्नुभयो । हिजो प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न सरकार लागि परेको पनि बताउनु भयो ।

मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानी लगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले यो भूमि गुमाउनुपर्छ कि भनेर चिन्ता लिनु नपर्ने पनि पटकपटक दोहो-याउनु भयो ।

बैठकमा नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले दुई मुलुकबीचको सीमा समस्या समाधानको कामलाई अघि बढाउँदा सरकारले डुवान समस्या समाधानमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई आग्रह गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com