कालापानी माग्दा प्रहरीको लाठी, एक दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा देशैभर प्रदर्शन भइरहेको छ ।

हरेक दिनजसो नै राजधानीमा पनि प्रदर्शन भइरहेका छन् ।

काठमाडौँको माइतीघरमा भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शन प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । राष्ट्रवादी केन्द्र नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको हो ।

गत शनिबार भारतले आफ्नो नया नक्सामा नेपाली भूमि कालापानी क्षेत्रलाई समेत समेटेर जारी गरेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

तस्वीर : रातोपाटी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com