कथा : असिमित अपेक्षा


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

रातको समय थियो । पसलेले पसल बन्द गर्न आटेका थिए कि त्यतिकैमा एउटा कुकुर पसलमा आयो , उसको मुखमा एउटा थैली थियो । जसमा सामानको लिस्ट र पैसा थियो । पसलेले पैसा लिएर सामान त्यो थैलिमा भरिदियो , र कुकुरले मुखमा च्यापेर त्यहाँबाट निस्कियो ,

पसले आश्चर्यचकित भएर कुकुरको पछि पछि गयो , यो हेर्नलाई कि यस्तो समझदार कुकुरको मालिक को हो ?  कुकुर बस स्टपमा उभिएको थियो , केही समय पछि बस आयो र त्यसमा चढ्यो । कन्डक्टर छेउमा आउने बित्तिकै कुकुर ले आफ्नो घाँटी अगाडि गर्यो , उसको घाटीको बेल्टमा पैसा र उसको ठेगाना पनि थियो । कन्डक्टरले पैसा लिएर कुकुरको घाटीको बेल्टमा बाधिदियो , र आफ्नो बस स्टप आउने बित्तिकै कुकुर पछाडीको ढोकाबाट निस्किएर पुच्छर हल्लाउदै कन्डक्टरलाई संकेत गर्दै गयो , पसले पनि पछि पछि गइरहेका थिए ।

कुकुरले घरको ढोका दुई तीन पटक ढक्ढक्यायो , भित्रबाट उसको मालिक आयो र लठ्ठिले पिट्न शुरु गरीदियो , पसले ले त्यो मालिकसित पिट्नुको कारण सोधे , मालिकले भने – ‘सालाले मेरो निद्रा खराब गरिदियो , चाबी साथमा लिएर जान सक्दैनथियो ? गधा !

जीवनको पनि यहि सत्यता हो, तपाईसित मान्छेको अपेक्षाहरूको कुनै अन्त्य छैन, जहाँ तपाईं चुक्नुभयो त्यही निर खराबी निकाल्न शुरु गरीदिन्छन, र पछाडीको जम्मै राम्रोपन लाई बिर्सिदिन्छन । उनानन्सय वटा राम्रो कामको मुल्यांकन हुदैन, एउटा गल्ती गर्नुस जम्मै असल काम बिर्सिदिन्छन् । कति बेवकुफ छौ हामी मान्छे ।

लभिजम निर्वानाको सामाजिक सञ्जालबाट साभार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com