विसंगतीबिरुद्ध गाउने प्रकाशको नयाँ एल्बम डिजिटल स्टोरमा


प्रकाशित मिति : फाल्गुन २३, २०७४ बुधबार

युवा गायक प्रकाश न्यौपानेको नयाँ एल्बम फ्युजन डिजिटल स्टोरमा रिलिज भएको छ । विश्वभर गीतसंगित डिजिटल प्रविधिमा गइसकेको र विश्वभर नै गीतहरु डिजिटल स्टोरमा रिलिज हुन थालेको सन्दर्भमा प्रकाशको नयाँ एल्बम पनि आई ट्युन स्टोर, गुगल प्ले, अमेजन र स्पोटीफाईमा रिलिज गरिएको हो ।

आइट्युनमा प्रकाशको गीत सुन्न यहाँ क्लिक गर्नुहोला ।

स्पोटीफाईमा प्रकाशको गीत सुन्न यहाँ क्लिक गर्नुहोला ।

उनका गीतहरु र्याप र हिपहप विधामा रहेका छन् । उनले नेपाली सामाजिक र राजनीतिक बिकृति विसंगतिकाबिरुद्ध पनि गीत गाएका छन् ।

नेपालमा पनि सीडी, भिसिडी वा क्यासेटको प्रयोग हराइसकेकाले व्यवसायिक रुपमा डिजिटल स्टोरमा एल्बम रिलिज गर्ने प्रचलन सुरु भइसकेको छ । त्यो बाहेक युट्युब, फेसबुक जस्ता प्लेटफर्ममार्फत पनि गीत र भिडियोहरु रिलिज हुने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रकाशको नयाँ एल्बम फ्युजनमा ७ वटा गीतहरु रहेका छन् । हालसम्म डेढदर्जन भन्दा धेरै गीत गाइसकेका उनको यो दोश्रो एल्बम हो । यसअगाडि सन् २०१६ मा उनको प्रकाश ट्युन्स नामको एल्बम आएको थियो ।

उनका गीतहरु युट्युबमामात्र झण्डै २० लाख पटक हेरिएको छ भने यु गट मी नामको गीत १० लाख भन्दा धेरैपटक हेरिसकिएको छ । १६ बर्षको उमेरदेखि गीत गाउन थालेका २१ बर्षीय गायक प्रकाशका गीतहरु नेपाली युवापुस्तामाझ निकै लोकप्रिय छन् । उनका ९ वटा गीतका भिडियो पनि सार्वजनिक भइसकेका छन् ।

प्रकाशको बारेमा थप जान्न र उनका सबै गीतहरु सुन्न उनको वेवसाइट हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com