अमेरिकामा कुनै लेखरचना, साहित्य, पुस्तक वा कागजात अँग्रेजीमा प्रोफेशनल अनुवाद गर्नुपरेमा वा लेख्नुपरेमा सम्पर्क गर्नुहोला । professionallytranslate@gmail.com

ग्लोबल भिलेज

मेक्सिकोमा भेटियो २५० जनाभन्दा धेरैको सामुहिक चिहान

सेन्ट्रल मेक्सिकोमा २५० जनाभन्दा धेरैको अस्थीपञ्जर सहितको सामुहिक चिहान भेटिएको छ । उनीहरु लागुऔषध गिरोहसँग सम्बन्धित भएको अधिकारीहरुले आशंका गरेका छन् । सामुहिक चिहान मेक्सिकोको भेराक्रुज राज्यमा भेटिएको हो । मारिनेहरु को हुन् भनेर पहिचान गर्न निकै कठिन भएपनि अधिकारीहरुले अस्थीपञ्जहरु हराइरहेका व्यक्तिका सुचनाहरुसँग म्याच गराइरहेका छन् । लागु औषधको कारोबारका क्रममा मेक्सिकोमा कैयनको ज्यान …

अष्ट्रेलियामा फास्टफुडमा विदेशी कामदार प्रतिबन्ध, अष्ट्रेलियनलाई प्राथमिकता

अष्ट्रेलियामा म्याक्डोनल्ड, एएफसी र हंग्री ज्याकमा विदेशी कामदारलाई काम गर्नमा प्रतिबन्ध लगाइएको छ । अब उनीहरुले कामका लागि अष्ट्रेलियन टिनएजरहरुलाई कामको पहिलो प्राथमिकता दिनेछन् । अष्टे्रलियाका अध्यागमनमन्त्री पिटर डुटोनले अबदेखि जवान अष्ट्रेलियनहरुले फास्ट फुडमा काम गर्न विदेशी कामदारसँग प्रतिस्पर्धा गर्नु नपर्ने बताएका छन् । उनले सयौं विदेशी कामदारलाई फास्टफुडमा काम गर्न अनुमति दिने फास्ट फुड …

‘मुनलाइट’ले जित्यो ओस्कार, ‘ला ला ल्याण्ड’ले जितेको गलत घोषणा

अमेरिकाको लस एन्जेलस शहरमा भएको यो वर्षको ओस्कार अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको उपाधि मुनलाईटले जितेको छ। तर पहिला गल्तीले उक्त उपाधि ला ला ल्याण्डले जितेको भनेर घोषणा गरिएको थियो। यसलाई ओस्कारकै इतिहासमा भएको सबैभन्दा ठूलो गल्ती भनिएको छ । त्यसको केहीबेरमै उक्त गल्ती सच्चाइएको थियो। तर पनि गल्तीबारे छानविन भइरहेको छ भने सम्बन्धित कम्पनीले माफी मागेको छ …

मेक्सिकोहुँदै अमेरिका छिर्नेलाई मेक्सिकोले फिर्ता नलिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको कार्यान्वयनका लागि जारी निर्देशिकामा मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेलाई मेक्सिको नै फिर्ता पठाइने भनिएपछि मेक्सिकोले त्यस्तो प्रतिवाद गरेको छ । मेक्सिकोले अमेरिकी सिमामा अमेरिकी पक्षले समातेर फिर्ता पठाउने गैरमेक्सिकनहरुलाई आफ्नो देशमा फिर्ता नलिने स्पष्ट पारेको छ । निर्देशिकामा मेक्सिको हुँदै अमेरिका छिरेका गैर मेक्सिकनहरु प्नि अमेरिकाभित्र पक्राउ परेमा …

म्यारिल्याण्डमा राजमार्गमा दिन दहाडै ३ जना माथि गोलि प्रहार

अमेरिकाको पूर्व मेरिल्याण्ड राज्यको ओसियन सहर देखि पश्चिममा क्यालिफोर्निया सम्म झन्डै ३ हजार माइल्स फैलिएको प्रख्यात राजमार्ग ५० मा ३ जना मानिसलाई सवारी साधन भित्र नै गोलि प्रहार गरिएको छ l उक्त घटना आज दिउसो ३ बजे घट्न गएको हो l उक्त घटना प्रिन्स जर्ज काउन्टी को ५० मा भएको प्रहरीले जनाएको छ l अज्ञात …

राजिनामा दिएका ‘ट्रम्पका सुरक्षा सल्लाहकार’सँग एफबीआईले लियो बयान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनसँग एफबीआई एजेन्टले राष्ट्रपति ट्रम्पको राष्ट्रपति कार्यालयमा सुरुका दिनबारे बयान लिएका छन् । फ्लिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिइसकेका छन् । फ्लिनले एफबीआईसँगको बयानमा के भने भन्नेबारे स्पष्ट भइनसकेपनि उनले जानी जानी झुठो बोलेमा गम्भिर अपराधको मुद्दा लाग्न सक्ने जनाइएको छ । यस …

अमेरिकालाई संवैधानिक संकट नजिक लैजादै राष्ट्रपति ट्रम्प !

सम्मानित न्यायालयको आदेशको विपक्षमा अभिव्यक्ति दिनुका साथै न्यायाधिसको मानमर्दन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अभिव्यक्ति दिएपछि अमेरिका संवैधानिक संकटको बाटोमा अगाडि बढेको छ । ट्रम्पले संघीय न्यायाधिसको अपमान गर्दै दिएको अभिव्यक्तिले न्यायिक स्वतन्त्रतालाई कमजोर बनाएको विश्लेषण गरिएको छ । शियाटलका संघीय न्यायाधिसले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा देशब्यापी रोक लगाएपछि अत्यन्तै आक्रोशित बनेका राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत संघीय …

अमेरिकी विदेश मन्त्रीमा रेक्स टिलर

अमेरिकाको सिनेटले विशाल तेल कम्पनी एक्जनमोबीलका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई राष्ट्रपति ट्रम्पको विदेश मन्त्रीमा अनुमोदन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुद्वारा विदेश मन्त्रीमा मनोनयन गरिएका रेक्स टिलरसनलाई सिनेटले अनुमोदन गरेपछि अब विदेश नीतिमा ताजा दृष्टिकोण अपनाउने बेला आएको बताएका छन्। टिलरसनद्वारा पदभार ग्रहणको समारोहका बेला बोल्दै उनले आफ्नो प्रशासनले बेहोर्ने अन्तर्राष्ट्रिय चुनौति सामना …

देशनिकाला तीब्र पार्न ट्रम्पले गरे आइसका निर्देशकलाई पनि बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस इमिग्रेशन एण्ड कम्स्टम इन्फोर्समेन्ट आइसका निर्देशकलाई पनि बर्खास्त गरेका छन् । ट्रम्पले आफू अनुकुल नरहेका व्यक्तिलाई बर्खास्त गर्दै आफू अनुकुलका व्यक्ति नियुक्त गर्ने क्रममा आइसका निर्देशक डानियल रग्सडेललाई बर्खास्त गरेका हुन् । ट्रम्पले कार्यकारी निर्देशकका रुपमा थोमस होमनलाई नियुक्त गरेका छन् । अमेरिकाको गृहमन्त्री (सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी ) जोनकेलीले …

ट्रम्पको आदेश नमान्ने कार्यकारी महान्यायाधिवक्ता बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी कार्यकारी महान्यायाधिवक्ता शेली एट्सलाई अमेरिकी राष्ट्रपति ट्रम्पले पदबाटै बर्खास्त गरेका छन् । शेलीले सोमबार शरणार्थी अमेरिकाको भिसामा प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशको प्रतिरक्षा नगर्ने बताएकी थिइन् । ह्वाइट हाउसले एक वक्तब्य जारी गर्दै शेलीले ट्रम्प प्रशासनलाई धोका दिएकाले बर्खास्त गरिएको जनाएको छ । ट्रम्पले डाना जे …