नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकाको ग्रिनकार्ड


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

नेपालमा नै बसेर अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्डका लागि फाइल गर्न सकिन्छ । असाधारण योग्यताको आधारमा यसरी ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी वान श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिने व्यक्तिले तोकिएका १० वटामध्ये तीनवटा विषय प्रमाणित गर्नसक्नुपर्ने अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसले जनाएको छ । यो ग्रिनकार्ड फाइल गर्दा आवेदक स्वयम्ले आई १४० नामको फर्म भरेर र आवश्यक प्रमाण जुटाएर आवेदन दिनसक्छन् । वकिलको सहायता लिएर पनि यो आवेदन दिन सकिन्छ ।

कुनै व्यक्तिले राष्ट्रिय स्तरको पुरस्कार पाएको छ , उसको बारेमा राष्ट्रिय स्तरका पत्रिकाहरुमा लेखरचनाहरु प्रकाशित भएका छन् र उसले सम्बन्धित राष्ट्रिय स्तरकै कुनै काममा निर्णायक मण्डलमा रहेर काम गरेको कुरा अमेरिकी सरकार समक्ष प्रमाणित गर्न सकेको खण्डमा उसले असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।

राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, आफ्नै क्षेत्रको कुनै प्रतिष्ठित संस्थामा सदस्य रहेको, राष्ट्रिय पत्रिकामा उसको बारेमा सामाग्रीहरु प्रकाशित भएको, कुनै प्रतियोगितामा निर्णायक मण्डलमा रहेर काम गरेको, आफ्नै क्षेत्रको सन्दर्भमा राष्ट्रिय प्रकाशनमा विशेष प्रकारको लेख लेखेको, कुनै विशिष्ट क्षेत्रमा वैज्ञानिक, बौद्धिक, कलात्मक, खेलबाट वा विजनेश सम्बन्धित विशिष्ट योगदान दिएको, कलाकार भएको खण्डमा उसको कला प्रर्दशनीमा राखिएको, कुनै संगठनमा बसेर नेतृत्वदायी र महत्वपूर्ण भूमिका खेलेको, आफ्नो क्षेत्रको काममा उच्च तलब प्राप्त गरेको र कलाकार भएको खण्डमा उसले व्यवसायिक रुपमा सफलता प्राप्त गरेको १० वटा बुँदाहरुमध्ये ३ वटामात्रै बुँदा प्रमाणित गर्न सकेको खण्डमा त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ ।

यदि कुनै व्यक्ति कलाकार, पत्रकार वा खेलाडी नभई असाधारण योग्यताको प्राध्यापक वा शोधकर्ता छ भनेपनि उसले असाधारण योग्यताका आधारमा अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ । तर त्यसका लागि उसले विभिन्न ६ वटामध्ये २ वटा कुराहरु प्रमाणित गर्न सक्नुपर्छ । आफ्नो क्षेत्रका आधारमा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, उसको क्षमताका कारण सम्बन्धित संस्थामा सदस्यता प्राप्त गरेको, उसको बारेमा राष्ट्रिय स्तरका संचारमाध्यममा प्रकाशित भएको, आफ्नै क्षेत्रको काममा निर्णायक मण्डलमा रहेर काम गरेको, ओरिजिनल रिसर्च गरेको, आफ्नो क्षेत्रमा पुस्तक निकालेको वा कुनै जर्नलमा लेखहरु लेखेकोमध्ये दुईवटा विषय प्रमाणित गर्न सक्ने प्राध्यापक वा शोधकर्ताले पनि विशिष्ट श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न सक्ने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com