अन्तर्राष्ट्रिय - Page 5 of 270 - KHASOKHAS

अन्तर्राष्ट्रिय

भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिनुभएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहनुभएका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गर्नुभएको छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो …

सम्मान गर्ने व्यक्तिसँग विवाह गर्न र आफूसमान जीवनसाथी खोज्न मिशेल ओबामाको सुझाव

आफूले सम्मान गर्ने व्यक्तिसँग विवाह गर्न पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामाले सुझाव दिएकी छिन् । एउटा म्युजिक महोत्सवमा उनले आफ्नो र बराक ओबामाबीचको २६ बर्ष लामो वैवाहिक सम्बन्धबारे बोल्दै यस्तो बताएकी हुन् । उनले भनिन् – ‘कैयन जवान व्यक्तिले बराक ओबामा र मेरो वैवाहिक सम्बन्धलाई हेरेर हाम्रोजस्तो सम्बन्ध बनाउने इच्छा राख्छन् । तर म …

क्याथे प्यासेफिक लगायतका एयरलाइन्सले जहाजभित्र यात्रुको निरिक्षण गरिरहेको खुलासा

तपाई अमेरिका जानेआउनेत्र क्रममा क्याथे प्यासेफिक एयरलाइन्स चढ्नुभएको छ ? यदि छ भने तपाईले विमानभित्र रहँदा गरेका गतिविधिका तस्वीर र विवरणहरु क्याथे प्यासेफिकको निगरानीमा परेका छन् । विश्वको चर्चित मध्येको एक क्याथे प्यासेफिक एयरलाइन्सले जहाजभित्र यात्रुहरुको क्यामेरामार्फत निरिक्षण गरिरहेको खुलासा भएको छ । क्याथेले पनि आफूहरुले विमानभित्र सिटमा रहेका यात्रुको तस्वीरहरु संकलन र मनोरञ्जनमा कसरी …

विहिबार काठमाडौं लगायत विश्वभरका अमेरिकी दूतावासमा आधाझण्डा झुकाइने

अमेरिकाको टेक्सास र ओहायोमा १४ घण्टाको बीचमा भएका दुई नरसंहारमा ३० जना मारिएको शोकमा बिहिबार काठमाडौं लगायत विश्वभरका अमेरिकी दूतावास र कन्सुलेट कार्यालयहरुमा अमेरिकाको झण्डा आधा झुकाइने भएको छ । आगामी अगस्त ८ बिहिबार सूर्यास्तसम्म झण्डा झुकाइने जनाइएको छ । शनिबार टेक्सासमा २० जनाको ज्यान जानेगरी गोली चलाइएको १४ घण्टा नबित्दै ओहायोमा गोली चलाउँदा ९ …

एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो – मेक्सिकन विदेशमन्त्री

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताउनुभएको छ । उहाँले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिनुभएको छ । अमेरिकाको टेक्सासस्थित एल पासोको एक वाल्मार्ट सपिङ मलमा शनिबार एक व्यक्तिले गोली चलाउँदा …

काश्मिरमा भारत सरकार कडा, स्थानीय नेताहरु नजरबन्दमा

श्रीनगर/ भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको हो । यस अतिरिक्त श्रीनगरमा हिँडडुल …

विवाह गरेको एक घण्टामै जन्मियाे बच्चा……..

एजेन्सी/ अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए । अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए …

अमेरिका : टेक्सासमा २० जनाको ज्यान लिने घटना लगत्तै ओहायो गोलीकाण्डमा ९ को मृत्यु

आइतबार विहानै अमेरिकाको ओहायो डेटनमा बन्दुकधारीले गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएको जनाइएको छ । टेक्सासमा बन्दुकधारीले गोली चलाउँदा २० जनाको मृत्यु भएको भोलिपल्टै भएको घटनामा ९ जनाको मृत्यु भएको हो । प्रहरीको जवाफी कारवाहीमा बन्दुकधारी २४ बर्षको कोनर बेट्सको मृत्यु भएको छ । मत्यु हुनेहरु २२ देखि …

अमेरिका र तालिबान दोहामा आम्नेसाम्ने !

दोहा,एएफपी/संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ । अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण युद्ध भइरहेको छ । शान्ति सम्झौता पश्चात् अमेरिकाले …

टेक्सासमा २० जनाको ज्यान जानेगरी गोली चलाउने २१ बर्षको श्वेत अमेरिकी

शनिबार टेक्सासमा २० जनाको ज्यान जानेगरी गोली चलाउने व्यक्ति २१ बर्षको श्वेत अमेरिकी रहेको बताइएको छ । गोली चलाउने प्याट्रिक कुरेसिस नामको व्यक्तिलाई हिराशतमा लिइएको प्रहरीले जनाएको छ । घटना सम्भावित घृणा अपराधसँग सम्बन्धित हुनसक्ने जनाइएको छ । एफबीआईले घरेलु आतंकबादको आशंकमा घटनाको अनुसन्धान सुरु गरेको छ । घटनामा मारिनेमध्ये ३ जना मेक्सिकन नागरिकहरु रहेको …

WP2Social Auto Publish Powered By : XYZScripts.com