तत्काल कार्गो रेल नआउने


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ ।

निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने योजना केही पछि सर्ने भएको छ ।

भारतको बन्दरगाहमा लोड भएको सामान जोगवनी हुँदै नेपालसम्मै ढुवानी गर्ने उद्देश्यले जोगवनी कटहरी रेल्वे लाइन विस्तार गरिएको थियो तर नेपालतर्फ निर्माण गरिएको यार्ड अत्यन्त साँघुरो भएका कारण कार्गो रेलबाट सेवा लिन सक्ने अवस्था नरहेको उद्योगी अविनाश बोहरा बताउँछन् ।

अहिले बनेको यार्डमा थोरै सङ्ख्यामा मात्र कन्टेनर राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको सङ्ख्यामा कन्टेनर ढुवानी गरेर ल्याउँछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यार्ड साँघुरो हुँदा सबै कन्टेनर राख्न सक्ने अवस्था नरहेसम्म कार्गोबाट सेवा लिन सकिँदैन,’ मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष अविनाश बोहराले भन्नुभयो ‘कार्गो रेलबाट सेवा लिनका लागि यार्ड विस्तार गर्नु अनिवार्य छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com