२०२० मा ४० बर्षको इतिहासमै सबैभन्दा कमलाई शरण दिने घोषणामा ट्रम्पको हस्ताक्षर


प्रकाशित मिति : कार्तिक १६, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक बर्ष सन् २०२० का लागि अमेरिकामा भित्राउने शरणार्थीको संख्या सम्बन्धि निर्धारणपत्रमा हस्ताक्षर गरेका छन् ।आर्थिक  बर्ष सन् २०२० मा अमेरिकामा अधिकतम १८ हजार व्यक्तिलाईमात्र शरण दिने सिमाबन्दीमा ट्रम्पले हस्ताक्षर गरेका हुन् ।

४० बर्ष अगाडि आधुनिक शरणार्थी प्रणाली सुरु भएयताकै यो सबैभन्दा कम संख्या हो । राष्ट्रपति ट्रम्पले कसकसलाई शरण दिने भन्ने सन्दर्भमा पनि मुख्य परिवर्तनको घोषणा गरेका छन् । १८ हजारमध्ये धार्मिक कारणले खतरामा रहेका ५ हजार, इराकीहरु ४ हजार र मध्य अमेरिकी साझेदारी देशबाट १५ सयलाई शरण दिइनेछ ।

ट्रम्प प्रशासनले गत सेप्टेम्बरमा नै आगामी बर्ष १८ हजारलाईमात्र शरण दिने संकेत गरेपनि शुक्रबारमात्र ट्रम्पले यसमा औपचारिक रुपमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले यो निर्धारणपत्रमा हस्ताक्षर नगर्दा आर्थिक बर्ष सुरु भएको एकमहिनासम्म पनि कुनैपनि देशबाट शरणार्थीहरु अमेरिका आउन पाएका थिएनन् । अर्थात् अक्टोबर महिनामा एकजनापनि शरणार्थीहरु अमेरिका आएनन् ।

यो शरणार्थीका रुपमा अमेरिका आउनेहरुका सन्दर्भमा मात्र हो । अमेरिकामा नै प्रवेश गरेर एसाइलम दावी गर्नेहरुका सन्दर्भमा भने होइन । अमेरिकामा प्रवेश गरेर एसाइलम दावी गर्नेहरुले भने नियमित रुपमा नै शरण पाइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब नोभेम्बर ६ पनि अमेरिकामा शरणार्थी भित्राउने क्रम सुरु हुने अपेक्षा गरिएको छ । सरकारले शरणार्थी भित्राउनमा नोभेम्बर ५ सम्मका लागि अस्थायी रोक लगाएको छ । जसका कारण अमेरिका आउन ठिक्क परेका कैयन शरणार्थीहरुको टिकट रद्द गर्नुपरेको थियो ।

यसअगाडि अक्टोबर २१ सम्मका लागि अमेरिकामा शरणार्थी ल्याउन रोक लगाइएकोमा पछि अक्टोबर २८ सम्मको अवधि थपिएको थियो । पछि पुन थपेर नोभेम्बर ५ सम्म बनाइएको थियो ।

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि शरणार्थीको बार्षिक कोटा घटाउँदै लगिएको छ । आर्थिक बर्ष २०१७ मा ५० हजार, सन् २०१८ मा ४५ हजार र सन् २०१९ का लागि ३० हजार कोटा तोकिएको थियो । तर २०१८ मा भने २२ हजार ४९१ जना शरणार्थीमात्र अमेरिका भित्राइएको थियो ।

ओबामा कार्यकालमा सन् २०१६ मा शरणार्थीको बार्षिक कोटा ८५ हजार तोकिएको थियो । उक्त आर्थिक बर्षमा ८४ हजार ९ सय ९५ जना शरणार्थीहरु अमेरिका आएका थिए । सन् २०१३ देखि २०१५ सम्म बार्षिक कोटा हरेक बर्ष ७० हजार तोकिएको थियो भने सन् २०१२ मा ७६ हजार कोटा रहेको थियो । ओबामा पहिलोपटक राष्ट्रपति बनेदेखि सन् २००८ देखि २०११ सम्म हरेक बर्ष ८० हजार शरणार्थीको कोटा तोकिएको थियो ।

सन् २००२ देखि २००७ सम्म पनि शरणार्थीको कोटा बार्षिक ७० हजार तोकिएको थियो । यद्यपी यो अवधिमा कुनै पनि बर्ष कोटाजति शरणार्थीहरु भने अमेरिका प्रवेश गरेनन् । अमेरिकी इतिहास हेर्दा सन् १९८० मा शरणार्थीको बार्षिक कोटा २ लाख ३१ हजार ७ सय तोकिएको थियो । उक्त बर्ष २ लाख ७ हजार १ सय १६ शरणार्थी अमेरिका आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com