‘विदेशमा बस्ने नेपालीलाई गाली गरेरमात्र हुन्न, अध्यागमनका कर्मचारीले पनि शैली सुधार्नुपर्छ’


प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

त्रिभुवन विमानस्थलको अध्यागमन विभागले नेपाली मुलका विदेशी नागरिकबाट पटकपटक आफ्ना कर्मचारीलाई अभद्र व्यहार गरिएको भन्दै वक्तव्य जारी गरेकोमा एनआरएन नेता लोक तिवारीले विदेशमा बस्ने नेपालीलाई गाली गरेरमात्र नहुने बरु अध्यागमनका कर्मचारीहरुले पनि आफ्नो शैली सुधार्नुपर्ने बताउनुभएको छ । एनआरएनए वैदेशिक रोजगार सहायता कोषका को चियर लोक तिवारीले एबीसी टेलिभिजनमा कार्यक्रम टक अफ द टाउन एनआरएन विशेषमा पत्रकार किशोर पन्थीसँगै कुरा गर्दै विमानस्थलमा अध्यागमन अधिकारीहरुले विदेशमा बस्ने नेपालीमाथि अपनाउने शैलीसमेत आपत्तिजनक हुने गरेको बताउनुभएको छ ।

लामो लाइनमा बस्नु परेको भन्दै एकजना नेपाली मुलका अष्ट्रेलियनले अध्यागमन डेस्क तोडफोड गरेकपछि विमानस्थलको अध्यागमन विभागले वक्तब्य निकालेर कर्मचारीहरुमाथि अभद्र व्यवहार नगर्न सार्वजनिक अनुरोध गरेको थियो । एनआरएन नेता तिवारीले विदेशबाट नेपाल आउँदा नेपालीहरुलाई आक्रोशित हुने वातावरण अध्यागमनकै कर्मचारीका कारण हुने गरेको बताउनुभएको छ । तर आक्रोशित भएपनि एनआरएनहरुले कानुन हातमा लिन नहुने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो – ‘विदेशबाट लामो यात्रापछि नेपाल आउँदा लामो लाइन बस्नुपर्ने झन्झट त छँदैछ । त्यसमाथि अध्यागमनका कर्मचारीहरुको रवैया पनि आपत्तिजनक हुनेगर्छ । म आफै लाइनमा बसेको बेलामा एकजना व्यक्ति सिधै काउन्टरमा गएर पाँच सातवटा पासपोर्ट लगेर दिए । अध्यागमन अधिकारीले पनि हामीलाई लाइनमा उभ्याउँदै पालो मिचेर अगाडि जानेकै काम पहिले गरिदिए । यस्ता कैयन व्यवहारबाट विदेशमा बस्ने नेपालीहरु विमानस्थलमा आउँदा आक्रोशित हुने गरेका छन् ।’

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकारीहरुले अनावश्यक दुख दिने, अनावश्यक प्रश्नहरु सोध्ने, ढिलासुस्ती गर्ने, काम गर्दा गर्दै मोबाइलमा अनावश्यक र घरायासी कुराकानी गरेर बस्ने लगायतका गुनासाहरु आउने गरेका छन् । वैदेशिक रोजगारमा जानेहरुलाई पनि अध्यागमनका कर्मचारीले अनावश्यक तरिकाले हेप्ने गरेको गुनासो आउने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com