दशकदेखि एनआरएनएमा सकृय सोनाम लामाले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने


प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार

झण्डै एकदशकभन्दा लामोसमयदेखि एनआरएनए अभियानमा सकृय रुपमा सहभागी रहदै आउनुभएका अमेरिकी निवासी सोनाम लामाले एनआरएनए आईसीसीको आगामी निर्वाचनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सन् २००९ देखि लगातार ४ बर्ष एनआरएनए आईसीसी सदस्य रहनुभएका सोनाम लामाको पहलमा एनआरएनए अमेरिका बन्द कोठाबाट आम जनतामाझ आउन सफल भएको थियो । लामा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी रहेकै बखत एनआरएनए अमेरिकाको पहिलोपटक आमरुपमा सदस्यता वितरण र निर्वाचन सम्पन्न भएको थियो ।

सन् २०१५ मा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित लामाले नेपालमा आएको विनाशकारी भूकम्पमा प्रत्यक्ष फिल्डमा खटिएर राहत वितरण लगायतका काममा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । त्यस्तै नेपालमा बाढीपहिरो लगायतका प्रकोप आउँदा पनि उहाँ अमेरिकाबाट नेपाल आएर राहतको कार्यमा खटिदै आउनुभएको छ ।

महाभूकम्पको बेला राहत र उद्दारको कार्यमा खटिदै ।

मुस्ताङको मुक्तिनाथ पुराङमा जन्मिनुभएका लामा झण्डै २४ बर्षदेखि अमेरिकामा रहँदै आउनुभएको छ । अमेरिकामा अर्गानिक सुपरमार्केटको बिजनेश गर्ने लामा नेपालको मुस्ताङमा अर्गानिक स्याउको उत्पादनमा लागिरहनुभएको छ । मुस्ताङको जोमसोममा उहाँका स्याउ फर्महरु संचालित छन् । नेपाली कृषि उत्पादनको प्रवद्र्धनमा सकृय लामा पर्पटन प्रवद्र्धनको क्षेत्रमा पनि उत्तिकै लागि रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुक्तिनाथमा लामाकै एकल पहलमा स्थापना गरिएको बुद्धमूर्ति नेपालकै सबैभन्दा अग्लो स्थानमा स्थापित ढुंगाको बुद्धमूर्ति हो । यो बुद्धमूर्तिको स्थापनामा ४ करोड भन्दा धेरै रकम खर्च भइसकेको छ । सोनाम लामा भन्नुहुन्छ —‘हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने गर्छन् । त्यसैगरी बौद्धधर्मालम्बीहरु लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने वातावरण बनाएर हिन्दु र बौद्ध धर्मालम्बीहरुको पर्यटन बढाउन बुद्धमूर्तिको स्थापना गरिएको हो । यसबाट धार्मिक पर्यटकहरुमात्र होइन, घुमफिर गर्नमात्र आउने पर्यटकको संख्या समेत बढ्ने हाम्रो विश्वास रहेको छ ।’

मुक्तिनाथमा निर्माणधिन रिसोर्ट ।

अमेरिकामा रेष्टुरेण्ट व्यवसाय गरेका लामाले नेपालको मुक्तिनाथमा रिसोर्ट र काठमाडौंमा होटल संचालनको तयारी गरिरहेका छन् । आगामी जनवरीसम्म संचालनको लक्ष्य राखिएको उक्त रिसोर्ट र होटलमार्फत रोजगारी श्रृजना गर्नमा र नेपालमा अर्थतन्त्रमा मात्र नभई पर्यटनको क्षेत्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हेल्प्यिाडसहितको व्यवस्थीत रिसोर्ट संचालन गर्न लागिएकाले मुक्तिनाथमा पुग्ने पर्यटकका लागि सहज हुने विश्वास गरिएको छ ।

एनआरएनएमा नागरिकताको निरन्तरताको मुद्दालाई लगातार उठाइरहनुभएका लामाले एनआरएनए नागरिकताको विषय सविधानमा लेखिएपनि ऐन बन्न र कार्यान्वयन हुन बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । कार्यान्वयनका सन्दर्भमा जटिलता आउनसक्ने भएकाले त्यसलाई सहज बनाउन आफू लागिपर्ने उहाँको भनाई छ ।

उहाँको नेतृत्वमा भएको न्युजर्सी सम्मेलनबाट पारित भिजन २०२० एण्ड वियोण्डको कार्यान्वयनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पनि लामाको भनाई छ । एनआरएनए नागरिकतापछि अब विदेशमा रहेका नेपालीहरुले नेपालको पर्यटन, अर्थतन्त्र र समग्र विकाशमा दिनसकिने योगदानबारे एनआरएनए केन्द्रीत हुनुपर्ने उहाँको धारणा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com