यसकारण हुन्छ माइग्रेन


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

प्रा डा सरोजप्रसाद ओझा, मनोचिकित्सक त्रिवि शिक्षण अस्पताल/

माइग्रेन एक किसिमको टाउको दुख्ने समस्या हो । यसबाट विश्वभर अधिकांश मानिस पीडित छन् । त्यसैले, यसलाई साझा रोगका रूपमा लिइन्छ । जुनसुकै उमेरमा माइग्रेन हुन सक्छ । पुरुषको तुलनामा महिला माइग्रेनबाट बढी पीडित भएको पाइन्छ । सामान्यतया महिलामा भइरहने हर्मोनल परिवर्तनका कारण यस्तो भएको अनुमान गरिन्छ ।

कारण
-माइग्रेन हुनुको खास कारण छैन । यद्यपि, कसैमा अत्यधिक तनावका कारण माइग्रेन हुन सक्छ । जो समय–समयमा दोहोरिइरहन्छ ।
-विभिन्न बाह्य कारणले माइग्रेन बल्झिने गर्छ । घाममा धेरै समय बिताएमा कसै–कसैमा माइग्रेन भएको पाइन्छ ।
-कतिपयमा विनाकारण पनि माइग्रेन हुने गर्छ । शरीरभित्रको मेकानिजमका कारण अधिकांशमा टाउको दुख्ने समस्या हुन सक्छ ।
-लामो समयसम्म भोकै बस्ने, रात्रिकालीन तथा तनावयुक्त काम गर्ने मानिसमा माइग्रेनको समस्या बढी भएको पाइन्छ ।
लक्षण
-माइग्रेन लामो समयसम्म रहिरहने रोग हो । यसका लक्षण व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् । प्रायः टाउको एकातिर मात्रै बेसरी दुखिरहन्छ । त्यस्तै, कतिपयमा दुवैतिर पनि दुख्ने हुन्छ ।
-वाकवाकी लाग्ने, बान्ता हुने, घाममा धेरैबेर हिँड्न नसक्ने र हातखुट्टा दुख्ने आदि माइग्रेनका लक्षण हुन् ।
-कतिपयमा निद्रा नलाग्ने, थकान महसुस हुने र चिढचिढापन हुन्छ । त्यस्तै, कसैलाई लामो समयसम्म मन्द तरिकाले टाउको दुखिरहन्छ ।
-मस्तिष्कको रक्तसञ्चारमा एक्कासि परिवर्तनका कारण अत्यधिक टाउको दुख्छ । तर, सिटी स्क्यान वा एमआरआई गर्र्दा त्यहाँ कुनै असर देखिएको हुँदैन ।
रोकथाम र उपचार
-माइग्रेनको उपचार गर्न खास उपचार पद्धति छैन । त्यसैले, माइग्रेन बल्झिएमा चिकित्सकको निगरानीमा रहेर दुखाइ कम गर्ने कडाखालको औषधि प्रयोग गर्न सकिन्छ ।
-यसबाहेक, शान्त ठाउँमा बस्ने, एक्सरसाइज गर्ने, जोखिमयुक्त अर्थात् दिमागमा असर पर्ने खालका काम नगर्ने गर्नाले माइग्रेन बल्झिनबाट बच्न सकिन्छ ।
-कतिपयमा आँखामा समस्या र पिनासजस्ता कारणले पनि माइग्रेन हुने भएकाले यस्ता समस्याबाट बच्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com