काठमाण्डौमा अध्यापन पेशामा सकृय मानवअधिकारकर्मी थापा ह्युमन राईट्स हिरोबाट सम्मानित


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

मानवअधिकारको क्षेत्रमा लामो समयदेखि सकृय रहंदै आउनुभएका बैकुण्ठ थापा ह्युमन राईट्स हिरो २०१९ बाट सम्मानित हुनुभएको छ ।

राजधानीमा सम्पन्न सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलनका अवसरमा नेपालमा रहेर मानवअधिकारका क्षेत्रमा उत्कृष्ट कार्य गरेकोे भन्दै थापालाई हिरो अवार्डले सम्मान गरिएको हो । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेशिया, ताइवान, अमेरिका लगायतका देशबाट आएका युवा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकको प्रमुख आतिथ्यमा सम्मपन्न भएको कार्यक्रमा सम्मान ग्रहण गरेपछि थापाले खुशी ब्यक्त गर्दै सम्मानले आफुलाई यस क्षेत्रमा थप सकृय भएर लाग्न हौसला मिलेको बताउनुभएको थियो । गुल्मीमा जन्मेर काठमाण्डौमा लामो समयदेखि अध्यापन पेशामा सकृय थापाले बिगत केहि बर्षदेखी नेपाल लगयात संसारका बिभिन्न देशमा हुने मानवअधिकारका कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने, युवा तथा बिद्यार्थीको पक्षमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने जस्ता कार्यमा सकृयता जनाउदै आउनुभएको हो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाठकले सम्मानित सबैलाई बधाई दिदैं थप सकृयताका लागि शुभकामना दिनुभयो। पाठकले मानवअधिकारको क्षेत्रमा युवाहरुको थप सकृयता रहेको आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले युवाहरुलाई अझ मानवअधिकारको बारेमा शसक्तिकरण गर्नु पर्नेमा जोड दिनुभयो । सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यो सम्मेलनको आयोजना युथ फर हयुमन राइट्स इन्टरनेसनल र युथ फर हयुमन राइट्स नेपालले गरको हो ।

उद्घानटन सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठ, युथ फर हयुमन राइट्स इन्टरनेसनलका सभापति डाक्टर मेरी, कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरी, युथ फर हयुमन राइट्स नेपालका राहुल केसी र रिसी गौतम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

अमेरिकामा स्थापना भएको यो युथ फर हयुमन राइट्स इन्टरनेसनलले संसारभर नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार सम्बन्धी शिक्षालाई अभियानको रुपमा फैलाउदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com