छोरो पाउने आसमा गर्भमै भ्रूण हत्या


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ गैराकी २५ वर्षीया कालु विकले दुई छोरी पाएपछि अर्की पनि छोरी हुने डरले भारतको पलिया शहरमा गएर हालै गर्भपतन गराएर फर्किनुभयो । दुई छोरी पाइसक्नुभएकी कालुले अर्को सन्तान पनि छोरी हुने डरले गर्भपतन गराएको बताउनुभयो ।

“हामीलाई छोरो चाहिएको थियो, पलिया गएर मेसिनले हे¥यौँ, चेली रैछ, फालेर आयौँ”, उहाँले भन्नुभयो । स्वास्थ्य परीक्षण गर्न श्रीमान्सँग भारत पुग्नुभएकी कालुले श्रीमान्को सहमतिमा गर्भपतन गराएको बताउनुभयो ।

जिल्लाका अधिकांश ठाउँमा गर्भमा छोरी भएको थाहा पाएपछि घरका श्रीमान्ले नै श्रीमतीलाई गर्भपतन गराउन सल्लाह दिने गरेका छन् । श्रीमान्को सल्लाहबमोजिम यहाँका महिला लाचार भएर गर्भमै छोरीको हत्या गर्नसम्म पुग्नेगरेको स्थानीयवासीको आरोप छ ।

त्यस्तै केआईसिंह गाउँपालिका–२ की महामती कामीले पनि केही महीना पहिले कैलालीको एक अस्पतालमा गएर आफनो गर्भपतन गराउनुभयो । गर्भमा छोरी भएको जानकारी पाएपछि उहाँका श्रीमान् बलबहादुरको आग्रहमा उहाँले गर्भपतन गराउनुभएको हो । घरमा पहिले नै तीन छोरी भएकाले गर्भमा पनि छोरी छ भन्ने डाक्टरले जानकारी दिएपछि उहाँले गर्भपतन गराएको बताउनुभयो ।उहाँले भन्नुभयो, “छोरो पाउला भन्ने आशा गरेका थियौँ, डाक्टरले छोरी छ भन्यो, अनि फाल्यौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोटीलगायत समग्र सुदूरपश्चिममा छोरो पाउने आसमा अधिकांश महिला गर्भमै छोरीको हत्या गर्न थालेका छन् । आफू मरेपछि आफनो अंश खाने तथा बुढेसकालको सहारा छोरो हुने भन्दै यहाँका स्थानीयवासी गर्भमै (छोरी) भ्रूणको हत्या गर्ने चलन निकै बढेको बडिकेदार गाउँपालिका–१ का स्थानीय ललित कलेलले बताउनुभयो ।उहाँले भन्नुभयो, “छोरी पराइ घर जान्छ छोरो बुढेसकालको सहारा बन्छ भनेर अधिकांशले गर्भमै छोरीको हत्या गर्न थालेका छन्, यसको अन्त गर्न जरुरी भएको छ ।”

लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नु भनेको कानूनी अपराध हो भन्ने जान्दाजान्दै पनि पहाडी जिल्लामा भ्रूण हत्या गर्ने क्रम दिनानुदिन बढिरहेको छ । छोराको आसमा पटक पटक गर्भपतन गर्दा पछि गएर महिलालाई ठूलो समस्या पर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो ।उहाँले भन्नुभयो,“धेरैपटक गर्भपतन गराउँदा महिलाको पाठेघरमा घाउ भएर कामै नलाग्ने हुनसक्छ, जसले पछि गएर महिलालाई मृत्युको मुखमा धकेल्छ ।”

छोरा नभए आफू मरेपछि काज किरिया गर्ने र अंश खाने कोही नहुने र स्वर्ग जान पनि नमिल्ने भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी गर्भमै छोरीको हत्या गर्नसम्म तयार हुने गरेको दिपायल सिलगढी नगरपालिका–२ का अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

कानूनले १२ हप्ता अर्थात् तीन महीनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको भए पनि लिङ्ग पहिचान गरेर चार महीनापछि पनि गर्भपतन गराउने काम सुदूरपश्चिममा व्यापकरुपमा भैरहेको स्थानीयवासी तथा चिकित्सक लोकेन्द्र बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लिङ्ग पहिचान गरेर लामो समयपछि पनि गर्भपतन गराउने बढेका छन्, जसका कारण आमाको ज्यान जाने खतरा हुन्छ ।” गर्भमा लिङ्ग पहिचान गर्न नपाइने कानूनी प्रावधान भए पनि गोप्यरूपमा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गरिएको दिपायलकी अर्की स्थानीय लक्ष्मी शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गोप्यरूपमा लिङ्ग पहिचान गराउँछन्, छोरो भए राख्छन, छोरी भए फालेर आउन्छन ।” यहाँका स्थानीयवासीले सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज र छिमेकीमुलुक भारतका पलिया, रूपेडिया, खटिमा लगायतका बजारका केही निजी अस्पतालमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गरेको पाइेको छ ।

छोरा पाउने आसमा सुदूरपश्चिमेली महिलाले गर्भपतन गराउने गरेको सबै क्षेत्र र ठाउँमा जानकारी भए पनि त्यसको रोकथामका लागि हालसम्म कसैले पनि पहल चाल्न नसकेको स्थानीय स्वास्थ्यकर्मी रञ्जना शाहुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुन ठाउँमा कसले गर्भपतन गराउँछ भन्ने प्राय सबैलाई थाहा छ तर, रोक्ने सम्झाउने प्रयास कसैले गर्दैनन्, यो आफैँमा दुर्भाग्य हो ।” लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य रोक्नका लागि बनेको कानून पूर्णतया कार्यान्वयनमा आउन नसकेका कारण जिल्लामा गर्भपतन गर्ने हावी भएको कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लिङ्ग पहिचान गरेर गरिने गर्भपतन रोक्न बनेको कानून खासै कार्यान्वयन हुननसक्दा समस्या भएको हो, कानूनको पूर्णपालना गरेर यस्तो कार्य रोक्नुपर्छ ।” गर्भपतन गराउनेमा कलिलो १८ वर्ष उमेर देखि ३८४० वर्ष सम्मका महिला प्राय बढी छन् । छोरो पाउने आसमा गरिने भ्रूण हत्या रोक्न यहाँका अन्य महिला तथा अधिकारकर्मीले माग गरेका छन् । विमलबहादुर विष्ट /रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com