एसाइलम आवेदकलाई अबदेखि धरौटीमा रिहा नगर्ने रुलिङबिरुद्ध अदालत जाने चेतावनी


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

सिमाक्षेत्रबाट विनाभिसा प्रवेश गरी क्रेडिबल फियर अन्तरवार्ता पास गरिसकेका एसाइलम आवेदकलाई अदालती प्रकृयासम्मका लागि धरौटीमा रिहा गर्ने पुरानो प्रावधान अन्त्यगर्ने महान्यायाधिवक्ताको कदमबिरुद्ध अदालत जाने आप्रवासी अधिकारवादी संस्थाहरुले चेतावनी दिएका छन् । अध्यागमन न्यायाधिसको निर्णयलाई उल्टाउन सक्ने अधिकारलाई प्रयोग गरेर महान्यायाधिवक्ताले धरौटीमा रिहा गर्ने प्रावधान अन्त्य गरेपछि अधिकारवादीहरु संघीय अदालतमा जाने तयारी गरिरहेका छन् ।

अमेरिकन सिभिल लिबर्टी युनियनले महान्यायाधिवक्ताको कदमलाई असंवैधानिक बताएको छ । महान्यायाधिवक्ताको कदम उत्पीडनबाट भागेका र अमेरिकामा शरण खोजेकाहरुमाथिको ट्रम्प प्रशासनको पछिल्लो आक्रमण रहेको एसीएलयुले जनाएको छ । अमेरिकाको संविधानले एसाइलम खोज्नेहरुलाई आधारभूत कारण प्रकृयाविना नै थुनामा राख्नका लागि सरकारलाई अनुमति प्रदान नगर्ने अधिकारकर्मीहरुको दावी छ ।

बुधबार महान्याधिवक्ता विलियम बारको रुलिङबाट अमेरिकामा सिमाक्षेत्रबाट विनाकागजात प्रवेश गरेका एसाइलम आवेदकलाई अदालती सुनुवाईसम्मका लागि धरौटीमा रिहा गरिने १४  बर्षदेखिको अभ्यास अन्त्य गरिएको थियो । नयाँ रुलिङपछि एसाइलम आवेदकले अदालती सुनुवाईसम्म अध्यागमन जेलमा नै बिताउनुपर्ने भएको छ । नयाँ रुलिङको कार्यान्वयन भने ९० दिनमा हुने भएको छ । अध्यागमन हिराशतमा धेरै आप्रवासीहरुलाई राख्ने क्षमता आइससँग नभएकाले बिस्ताराका लागि थप स्थान बनाउनका लागि यो समय प्रदान गरिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा सन् २००५ भन्दा अगाडि मेक्सिकोको सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम दावी गर्नेहरुलाई धरौटीमा छाडिने प्रावधान थिएन । तर सन् २००५ मा बोर्ड अफ इमिग्रेशन अपिलले गरेको एउटा फैसलापछि सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलमको दावी गर्ने कागजपत्रविहिनहरुलाई धरौटीमा रिहा गर्न थालिएको थियो ।

सन् २००५ अगाडि अमेरिकामा दुईबर्षभन्दा धेरै बसेको व्यक्ति सिमाक्षेत्रको एकसय माइलभन्दा पर पक्राउ परेमामात्र अदालती सुनुवाई पूरा नहुँदासम्म धरौटीमा रिहा हुनसक्ने प्रावधान रहेको थियो । अब झण्डै १४ बर्षपछि अब अमेरिकामा त्यही प्रावधान उल्टिएको छ ।

अमेरिकी कानुन अनुशार अध्यागमन न्यायाधिसको फैसलालाई महान्यायाधिवक्ताले उल्टाउनसक्ने प्रावधान रहेको छ । विगतमा एसाइलमको सुनुवाई कुर्नेलाई बण्डमा रिहा गरिदै आएपनि महान्यायाधिवक्ताले त्यसलाई उल्टाइदिएका छन् ।

सन् २००५ मा यो फैसलापछि अदालती सुनुवाईसम्मका लागि धरौटीमा रिहा गर्न थालिएको थियो ।अमेरिकाका विना कागजात प्रवेश गरेकाहरुलाई सुरुमा शीघ्र प्रकृयाको देशनिकालामा राखिन्छ । क्रेडिबल फियर अन्तरवार्ताका क्रममा यदि उनीहरुले एसाइलम अफिसरलाई आफ्नो देशमा फर्कन खतरा रहेको चित्त बुझाउन सकेमा उसको मुद्दा न्यायाधिससमक्ष पेश हुने अवशर प्रदान गरिन्छ । यही प्रकृयाका क्रममा बण्ड सुनुवाईको आग्रह गरेमा त्यस्तो सुनुवाई प्रदान गरिने र अदालती सुनुवाईसम्मका लागि बण्डमा रिहा गरिदै आएको थियो ।

तर अब यो प्रकृयालाई महान्यायाधिवक्ताले उल्टाएका कारण एसाइलमको सुनुवाई कुर्नेहरु जेलमै बस्नुपर्ने भएकोछ । यद्यपी १८ बर्षभन्दा कम उमेरका बच्चाबच्चीसहितका परिवारका सन्दर्भमा भने यो नियम लागु हुनेछैन । किनभने संघीय अदालतको फैसलाले बालबालिकालाई २० दिनभन्दा धेरै हिराशतमा राख्नमा रोक लगाएको छ ।

अमेरिकाको अध्यागमन जेलहरुमा हाल झण्डै  ३ सय नेपालीहरु रहेका छन् । कैयन नेपालीहरु बण्डमा समेत रिहा भएर एसाइलमको सुनुवाई कुरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com