नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित भएनन् ।
काठमाडौँमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन् । भने अन्य मन्त्रीहरु भने काठमाडौँबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।