पोखराको पुरानो फोटो प्रदर्शनी (१२ वटा तस्बिर) (भिडियो )


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

पुरानो पोखरा कस्तो थियो ? जन्मदै क्रंक्रिटको जङ्गल मात्रै देखेकालाई के थाहा ? पुरानो रहनसहन, आनीबानी अनि लवाई खुवाई त झन टाढाको कुरा । जतिबेला चाह्यो त्यतिबेला ‘सेल्फी’ खिच्ने अहिलेको जमाना हो र ? घुम्न वा काम विशेषले नेपाल आएका विदेशीले ‘क्लिक क्लिक’ पार्दा जिब्रो टोक्ने अवस्था । हुने खानेलेका लागि फोटो रवाफ देखाउने साधन भएको बेला ।

हो, त्यही बेलाका फोटाहरु अहिले पोखरा उद्योग वाणिज्य संघको हलमा प्रदर्शनीमा छन् । नेपालमा समाजसेवा गर्न आएका पिस कर्पका स्वयंसेवकहरुदेखि १९८७ सालतिर नेपालकै फोटोग्राफरले खिचेका पोखराका ८४ वटा दुर्लभ फोटाहरु प्रदर्शनीमा समेटिएका छन् । ती दुर्लभ फोटाहरुको संकलनचाहिँ सुनिल उलकले गरेका हुन् । आजभन्दा पचास वर्ष अगाडिका ती फोट
पोखरा उद्योग वाणिज्य संघ र पोखरालेखनाथ महानगरपालिकाको सहयोगमा आयोजित प्रदर्शनी १४ गतेसम्म चल्नेछ ।

प्रदर्शनीको औपचारिक समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले हाम्रो इतिहास जोगाइदिएकोमा खुसी व्यक्त गर्दै सुन्दर पोखराको पर्यटन प्रवद्र्धनको लागि पुराना फोटाहरु सहायक हुने धारणा राख्नुभयो ।
नेपालका पुराना फोटोहरु संकलन गर्दै नेपाल फोटो प्रोजेक्ट नै संचालन गरिरहनु भएका अमेरिकन नागरिक डग्लस हलले कार्यक्रममा भावुक हुँदै नेपालीमै भन्नुभयो,‘ ४५ वर्षपछि मेरो नेपाली भाषा झण्डै भुलेको १ अहिले यहाँ भएका सबै फोटाहरु ५० वर्ष पुराना छन् र ती कपी गर्न सकिन्छ ।’

उहाँको संकेत प्रतिलिपी अधिकार ऐन अनुसार ५० वर्षपछि व्यक्तिले खिचेका फोटो वा गाएका गीतहरु सार्वजनिक सम्पत्ति बन्न पुग्नेतर्फ इंगित थियो । उहाँले आफूले संकलन गरेका सबै २३ हजार फोटोहरु उलकलाई हस्तान्तरण पनि गर्नुभयो । उहाँको संग्रहमा ८ सय पोखराको, १ हजार ९ वटा कास्कीका विभिन्न गाउँहरु धम्पुस, घान्द्रकु, लान्द्रुक, सिक्लेस लगायत इलाम, झापा, दार्चुला र बझाङका फोटोहरु पनि रहेका छन् । डग्लस पिस कर्प नामक अमेरिकी स्वयंसेवी संस्थाको प्रतिनिधीत्व गर्दै समाजसेवाको लागि सन् १९६२ तिर नेपाल आउनु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो अवसरमा बोल्दै अग्रज फोटो पत्रकार विश्वरत्न शाक्यले पोखराको फोटोग्राफी इतिहाससँग पोखराको पनि इतिहास जोडिएको बताउनुभयो । पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज शर्माले पुरानो सम्झनालाई जोगाई राख्नु चुनौतिपूर्ण कार्य भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रमका संयोजक सुनिल उलकले आफूले रहरमै सुरु गरेको संकलनलाई परिस्कृत गर्दै प्रदर्शनीमा राख्न पाएकोमा खुुसी व्यक्त गर्नुभयो । उहाँले आफूसँग पोखरा र नेपालकै करिब ८४ हजार पुराना फोटोहरु रहेको जानकारी दिँदै ती फोटाहरु मेसो मिलाएर प्रदर्शनीमा राख्ने घोषणा पनि गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com