भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आपूm पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन ।

मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ । तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ कि हुन्न भन्ने कुरा चासोको विषय भएको छ ।

केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले दिएको त्यस्तो ‘टीओआर’ पूरा गर्ने आयोग कसरी बनाउने भन्नेबारेमा गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com