मे र जुन महिनाका लागि नेपाली डिभी विजेतालाई तोकियो कोटा


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

आगामी मे महिनामा ४९२५ सम्म केसनम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउने भएका छन् । आर्थिक बर्ष २०१९ का लागि डिभी विजेताहरुले अहिले अमेरिकाको भिसा पाइरहेका छन् । उनीहरुले सन् २०१७ को अक्टोबरमा डिभी लोटरी भरेका थिए ।

जुन महिनामा भने ५७७५ सम्म केस नम्बर हुने नेपाली डिभी लोटरी विजेताहरुले भिसा प्राप्त गर्नेछन् । अमेरिकी सरकारको विदेश मन्त्रालयले प्रकाशित गरेको भिसा बुलेटिन अनुशार नेपाली डिभी लोटरी विजेताहरुलाई निश्चित केस नम्बरमा सिमित गरिएको हो ।

गत अक्टोबरमा डिभी लोटरी भरेकाहरुको भने आगामी मे महिनाको पहिलो साता रिजल्ट प्राप्त गर्नेछन् । आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ७ देखि आउने भएको छ । गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले न्युयोर्क समय अनुशार मे ७ तारिख दिउसो १२ बजेदेखि आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

अहिले भिसा पाइरहेकाहरु सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेर विजेता हुनेहरु हुन् । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

आर्थिक बर्ष २०२१ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । रिपब्लिकन सिनेटरहरुबाट डिभी लोटरी अन्त्यका लागि अमेरिकी सिनेटमा बिल पेश गरिएको भएतापनि डेमोक्र्याटको बाहुल्य रहेको हाउसबाट भने यो बिल पारित भएर लागु हुने सम्भावना निकै न्यून रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com