इरानमा बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो ।

यहाँका गाउँ शहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो । अधिकारीहरुले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीले इरानमा घरहरु, सडकहरु, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ । “चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ,” यातायात मन्त्री मोहम्मद इस्लामीले संसदमा बताउनुभएको छ ।

इर्ना समाचार संस्थाका अनुसार मन्त्री इस्लामीले बाढीका कारण सातसय २५ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो । इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले दशकौंदेखिको सुक्खाका कारण मात्र बाढीले नोक्सान नगरेको स्पष्ट गर्दै जलवायू परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले पनि समस्या निम्त्याएको बताउनुभयो । इस्लामिक मुलुक इरानले छिमेकी मुलुकहरुबाट राहत र सहयोग लिएको थियो । फ्रान्सले गत शनिबार २१० वटा टेन्ट र ११४ वटा पम्प उपलब्ध गराएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com