पर्सा प्रहरीको मिलोमतोमा पशुको तस्करी, १० लाख मुल्य बराबरको रागां, भैसी पक्राउ


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले करिव १० लाख मुल्य बराबरको भन्सार छलेर नेपाल भित्रयाउदै गरेको गाईगोरु रागां, भैसी पक्राउ गरेको छ । भन्सार राजश्व गस्ती टोलीले बिशेष सुचनाको आधारमा रातीको समयमा पर्सा र बाराबाट भारतबाट नेपाल तर्फ छोटी नाका हुदै तस्करहरुले भित्रयाउदै गरेको अवस्थामा उक्त मुल्य बराबरको नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले बारा र पर्सा गरी ४५ वटा गोरु र राड्डा भैसी गरेर ९ लाख ४२ हजार रुपैया बराबरको पक्राउ गरेको हो । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको नेतृत्वमा गएको गस्ती टोलीले पर्साको भिष्वा, जानकीटोला र बाराको बलिरामपुरबाट ३७ वटा राड्डा भैसी र ८ वटा गोरु पक्राउ गरेको हो ।

पर्साको जानकीटोली, भिष्वा अमरपट्टी, प्रसौनी लगायतका स्थानहरुबाट र बाराको बलिरामपुर मटिअर्वाबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको सुचना बारम्बार आफुलाई आएको हुदा आफुले बिशेष सुराकीको आधारमा सो मुल्य बराबरको बारा र पर्सा गरी दुबै जिल्लाबाट एकै साथ ४५ वटा गोरु र राड्डा भैसी पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन ।

सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टोलीले नियन्त्रणमा लिएको ४५ वटै गोरु र राड्डा भैसी आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताएकाछन । पर्सा प्रहरीको मिलोमतोमा पर्साको ग्रामिण भेगबाट ब्यापक तस्करी भै रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले चालु आर्थिक बर्षको श्रावण देखी चैत्र महिना सम्मको ९ महिनामा करिव ६ करोड मुल्य भन्दा बढीको अबैध तस्करी सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाई सकेको खडकाले बताएकाछन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com