किन देखिन्छन् डरलाग्दा सपना ?


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

प्रा.डा. सरोजप्रसाद ओझा मनोचिकित्सक ,त्रिवि शिक्षण अस्पताल /

मानिसले अनेक विषयमा सपना देख्ने गर्छन् । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिन्छ । सपनामा देखिएका घटनाले डराउने, आत्तिने र कतिपय अवस्थामा उठेर हिँड्नेजस्ता गतिविधिसमेत देखिन्छ । कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, लगातार डरलाग्दो सपना आउन थाल्यो भने त्यो मनोवैज्ञानिक समस्या हो । यसको समयमै उपचार गर्नु आवश्यक हुन्छ ।

कारण
– अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ ।

– कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन् । दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– जीवनमा घटेका डरलाग्दा घटनाका कारण तथा लगातार तनाव भएमा ।

– नसालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ ।

– बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ । बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ ।

किसिम
– बच्चाहरू सपनामा डराउने अवस्थालाई अनुसन्धानकर्ताले दुई भागमा बाँडेका छन् । ती हुन्, नाइटमेयर डिसअर्डर र नाइट टेरर ।

नाइटमेयर डिसअर्डर
– विशेषगरी, बच्चाको कलिलो दिमागमा बसेका नराम्रा छापका कारण नाइटमेयर डिसअर्डर हुने गर्छ । यसमा राति बर्बराउने, आत्तिने र तर्सिने आदि हुन्छ ।

समाधान :यो कमजोेर मनोविज्ञानबाट हुने समस्या भएकाले यसले दीर्घकालीन असर गर्दैन । उमेर बढ्दै गएपछि आफैँ ठीक भएर जान्छ ।

नाइट टेरर
– नाइट टेरर हुँदा आत्तिने, कराउने र उठेर हिँड्नेजस्ता समस्या देखापर्छन् । यस्ता गतिविधि लगातार भइरहन्छ । यो भने जटिल खालको समस्या हो ।

उपचार : बच्चामा यस्तो समस्या देखिन थालेमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । नियमित नाइट टेररको समस्या भएमा त्यो कालान्तरमा मानसिक रोगको कारणसमेत बन्न सक्छ । तसर्थ, समयमै मनोसामाजिक परामर्श लिन आवश्यक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com