भूकम्प गएको ४ वर्षपछि बल्ल तेस्रो किस्ता


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

भूकम्प गएको झन्डै चार वर्षको अवधिमा सिन्धुलीमा पुननिर्माणका लागि तेस्रो किस्ता रकम लानेमा १६ हजार ५८८ पुगेका छन् । पुननिर्माण प्राधिकरणबाछ १५ हजार ७८९ र नेपाल रेडक्रस सोसाइटीबाट ७९९ ले तेस्रो किस्ताबापतको रकम पाएका हुन् ।

सुनकोसी गाउँपालिकाको ६ मा रेडक्रस सोसाइटीबाट पुननिर्माणको काम हुँदै आएको छ चैत तेस्रो सातासम्ममा दोस्रो किस्ताको रकम ११ हजार कमले लगेका छन् । दोस्रो किस्ता रेडक्रसबाट ८७१ ले बुझेका थिए ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार गुनासो फर्छौटसहित जिल्लाको ९ वटा स्थानीय तहका ३७ हजार ९११ लाभग्राहीको सूचीमा रहेका छन् ।

४५ प्रतिशतको हाराहारीमा भूकम्पप्रतिरोधी भवन निर्माणका लागि लाभग्राहीले तेस्रो किस्ताको रकमसमेत लगिसकेको आयोजना कार्यान्वय इकाईका प्रमुख देवनारायण यादवले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com