आफ्नै छोरीलाई बलत्कार गरेको आरोपमा बाबु पक्राउ


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो । उनले आफ्नै १५ वर्षीया छोरीलाई पटकपटक करणी गरेको भन्दै छोरीले केही दिनाघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थीन् ।नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइेको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले आज तीनदिने नवजात शिशुको उद्धार गरेको छ । भरतपुर महानगरपालिका–२९ अनमोल होटल अगाडि बेवारिसे अवस्थामा भेटिएकी शिशुको उद्धार गरिएको हो ।

कपडामा बेरेर राखेको अवस्थामा भेटिएको नवजात शिशुको उद्धारपछि उपचारका लागि पुरानो मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा छाड्ने आमाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com