मानसिक अस्पतालको यस्तो बेहाल


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो ।

बहिरङ्ग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको अभाव छ । स्थापनाकालदेखि ५० शैया रहेको सो अस्पतालको अवस्था त्यसबाट माथि उठ्न सकेको छैन । शय्याको अभावमा बिरामी त्यसै फर्कनुपर्ने बाध्यता छ । सरकारले अस्पताललाई वार्षिक रु दुई करोड दिने गरे पनि यति रकमले कतै पनि छेउ नलाग्ने मानसिक अस्पताल पाटनका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले गुनासो गर्नुुभयो । “अस्पतालमा कुल ७४ जना कर्मचारीको दरबन्दी छ ।

त्यसमा ४८ जनाको पदपूर्ति छ भने रिक्त दरबन्दी २६ को सङ्ख्यामा छ”, लाखेले भन्नुभयो, “३५ जना कर्मचारी करारमा कार्यरत छन्, उनीहरुलाई अस्पतालको सटर भाडाबाट उठेको रकमबाट मात्र महिनामा रु आठ हजारदेखि बाह्र हजार तलब खुवाउनुपर्ने बाध्यता छ । ” अस्पतालमा हाल पाँच जना एमडी चिकित्सक कार्यरत छन् ।

उपचार सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै हाल ३०० शय्याको व्यवस्थित भवन निर्माण गर्ने योजना अघि बढाएका छौँ । त्यसमा करीब एक सयदेखि १५० शय्या मात्र थप्न सकियो भने चिकित्सक र बिरामी दुवैको समस्या समाधान हुने अस्पतालका सूचना अधिकारी एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मानसिक रोग लागेका बिरामीलाई कम्तीमा पनि एक हप्ता अस्पताल राख्नुपर्ने हुन्छ । अस्पताल बस्ने हरेक बिरामीसँग दिनको रु ५० उठाएर दिनको तीन पटक खाना र खाजा खुवाउने व्यवस्था गरेका छौँ”, अधिकारीले भन्नुभयो, “थप बिरामी आउँदा उनीहरुलाई अन्तरंग सेवामा भर्ना गर्न नसकेर आकस्मिक कक्षमा राख्नुपर्ने बाध्यता भएको छ, जब बिरामी उपचार गरेर घर फर्कन्छन् तब उनीहरुलाई साधारण कक्षमा सार्ने गर्नु परिरहेको छ ।”

अस्पतालमा अपराह्न ३ देखि ५ बजेसम्म पेइङ(चिकित्सक शुल्क)मा आउने बिरामी जाँच्ने गरिन्छ । पेइङ शुल्क प्रत्येक बिरामीसँग रु ४०० र क्याबिनमा बस्ने बिरामीसँग रु २५० लिने गरिएको छ । आजकाल मानिसको आम्दानी कम भएर होला उच्चकोटिको जीवनयापन गर्न खोज्दा त्यहीअनुसार जिउन नपाई मनमा कुरा खेली मानसिक रोग बढेको बहिरङ्ग सेवा सिनियर अनमी हस्तमाया अर्यालले बताउनुभयो ।

“अस्पतालमा उपचार कक्ष र शय्याका साथै विभिन्न कुराको अभावका कारण कैयौँ बिरामीका आफन्तले आफ्नो बिरामीको उपचारका लागि अस्पताल भर्ना गर्न नपाएकामा गुनासो गर्छन्”, अर्यालले भन्नुभयो, “हाल बढीजसो १५ देखि ३५ वर्ष उमेर समूहका युवकयुवतीहरु मानसिक रोगको शिकार भएका छन् ।”

अस्पतालमा महिला र पुरुष दुवैलाई उपचार गर्ने कक्ष छुट्टाछुट्टै छ तर सो रोग लागेका बिरामीका एक आफन्तलाई भने कुरुवामा राख्नुपर्ने हुँदा उक्त कक्षको व्यवस्था गर्न नसकेको बताइएको छ । अस्पतालले प्र्रयोगात्मक परीक्षा गर्न आउने हरेक विद्यार्थीसँग वार्षिक रु ५० हजार लिने गरेको छ । यसका आधारमा अस्पतालले प्र्रयोगात्मक परीक्षामार्फत वर्षमा रु १८ लाखदेखि २० लाख उठाउँछ । अस्पतालका सात सटरबाट प्रत्येकको रु ५८ हजारको दरले वर्षको रु चार लाख ६० हजार उठाइए तापनि उपकरण खरीद र बिरामीको हेरचाहमा सो रकम पु¥याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा हालसम्म सुविधासम्पन्न भवन तथा नयाँ र आधुनिक उपकरण अभावका साथै पिउने पानीको समस्या निकै छ । पानीको समस्या समाधान गर्न अस्पतालले दुई तीन पटक डिप बोरिङ गरे तापनि आवश्यक पानी झिक्न नसकेको यहाँका एक कर्मचारीले बताए । “विगत कैयाँै वर्षदेखि यहाँ पिउने पानीको समस्या बढ्दै गएको छ”, ती कर्मचारीले भने, “खानेपानी कारखाना चलाउने एक दाताले सहयोग गर्छु भनेर आएको छ तर कति पानी उपलब्ध गराउने हो त्यसको निधो भने भइसकेको छैन ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com