सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ । पालिकाको केन्द्रमा आज्यानको बाजी लगाएर तुइनकै भरमा कर्णाली नदी तर्नु पर्ने दिनचर्या नै बनेको छ, हुम्ला खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुको ।
जनप्रतिनिधि मात्र नभई स्थानीय पनि खेतबारीको कामसँगै घाँस, दाउरा पनि तुइनबाटै तार्नु पर्ने बाध्यता रहेको खार्पुनाथ ३ की महिला सदस्य धना शाही बताउँछिन् ।
चार पाँच वर्षदेखि मुस्याडी, बाक्चेगौँडा र याङचु कुनामा पुल बनाउने भन्दै बर्सेनी सर्भे त हुन्छ र अहिलेसम्म पुल बनेको छैन । यो समाचार जनकबहादुर शाहीले नागरिकमा देखेका छन्
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।