कोलकाताबाट विद्युतीय कार्गो बुधनगर ल्याउने तयारी


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयारी थालिएको हो ।

यसअघि चैत ६ गते कोलकातादेखि भारतको बथनाहा रेल स्टेसनसम्म नेपाली पैठारीकर्ताको सामान बोकेको रेलबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो टे«किङ सिस्टमको सफल परीक्षण भएको थियो । त्यो परीक्षणसँगै भारतीय भन्सार विभागले सोमबार मात्रै बथनाहा रेल स्टेसनबाट जोगबनीस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म ईसीटीएस कार्गो ल्याउनका लागि स्वीकृति प्रदान गरेको छ ।

भारतीय रेल स्टेसन बथनाहामा कन्टेनर अनलोड गर्नुपर्ने झन्झट हटाउन नेपालतर्फको विराटनगर १८ स्थित बुधनगरमा रहेको नेपाल कस्टर्म यार्डसम्म सोझै कार्गो ल्याउन सकिने सम्भाव्यताबारे कोलकातास्थित नेपाली महावाणिज्यदूतसहितको टोलिले मङ्गलबार निरीक्षण गरेको छ । बुधनगरको आईसीपीदेखि भारतको बथनाहा रेल स्टेसन ७.६ किलोमिटर दूरीमा पर्दछ ।  यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com