भद्रवासबासी ८८ वर्षीय बाबुकाजी महर्जने आफ्नै आँखाले संसार देख्ने आशा मारिसकेका थिए । मंगलबार मोतीबिन्दुको शल्यक्रियाबाट उनी देख्ने भए । त्रिपुरेश्वरस्थित मुलुककै जेठो आँखा अस्पतालले ४५ औँ वार्षिकोत्सवको अवसरमा आँखाको निःशुल्क शल्यक्रिया गरिदिएको थियो ।
उमेर बढेसँगै आँखाको ज्योति घट्दै गएपछि यस्तो समस्यालाई उनले नियति सम्झेर उपचार गरेका थिएनन् । आठ वर्षदेखि छामछुमको भरमा जीवन बिताइरहेका उनी भन्छन्, ‘धमिलो छायाजस्तो मात्रै देखेजस्तो लाग्थ्यो, यो जुनीमा आँखा देख्ने दिन सकिए झैँ लाग्थ्यो ।’
आँखा देख्ने सक्ने भएसँगै आफ्नो काम आफै गर्न सकिने, खेतबारीको काममा लाग्न सकिने भन्दै उनी निकै खुसी देखिए । मोतीबिन्दुको समस्याका कारण उनले दुवै आँखा देख्न छोडेका थिए । यो समाचार कान्तिपुरमा फातिमा बानुले लेखेकी छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।