असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ । तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने सूचीमा छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा समेत दायर गरिसकेको छ। लेनदेन मुद्दा मिलाई दिने भन्दै उनले घुस लिएका थिए। हजारौँ अधिकृतमध्ये उनी उत्कृष्ठ भन्दै गृह मन्त्रालयले उनलाई छनौट गरेको थियो। यो समाचार आजकोनयाँ पत्रिका दैनिकमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।