भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा दिइने भएको छ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा सार्वजनिक बिदा दिइने भएको हो । २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी धेरैले ज्यान गुमाएका थिए । उक्त धेरै भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
उक्त विनाशकारी भूकम्पमा परी सुलिकोट गाउँपालिकामा मात्र १ सय ३० जनाको मृत्यु भएको थियो ।चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०७२ साल वैशाख १२ गते गएको उक्त विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।