दोष दिएर पन्छिने कसैलाई छुट छैन् : प्रधानमन्त्री ओली


प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गर्नु भएको छ ।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले विगतका लगत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रीयताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गर्नु भयो ।

प्रधानमन्त्री ओलीले अव अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार –निजी क्षेत्र कसैलाई पनि नरहेको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यक्ता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने बताउनु भयो । उहाँले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको पनि स्पष्ट पार्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकको विकास निर्माणको काममा तीव्रता दिन पनि निजी क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com