नेकपाभित्र झुण्डै झुण्ड, एकीकरण जटिल बन्दै


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

नेपालीमा एउटा उखान छ, रात रहे अग्राख पलाउछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रियामा यही उखान लागू भएको छ । पार्टी एकीकरणको करिब ११ महिना पुगिसक्दा पनि जिल्ला तहमा पूर्णता नपाउदा एकीकरण प्रक्रिया झन्झन् जटिल बन्दै गइरहेको छ भने पार्टीभित्र विभिन्न गुट तथा उपगुट निर्माण हुन थालेका छन् ।

गत जेठ ३ गते तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण बन्यो । उक्त पार्टी अहिले मुलुकको सबैभन्दा ठूलो दलको रुपमा रहेको छ भने सरकारको नेतृत्व समेत गरिरहेको छ ।

एकीकरणपछि तीन महिनामा पार्टीका सम्पूर्ण तह र जनवर्गीय संगठनको पनि एकीकरण गरिसक्ने भनिए पनि करिब ११ महिना पुगिसक्दा त्यसले ठोस रुप लिएको छैन । यस अवधिमा केन्द्रीय र प्रदेश कमिटीको मात्र एकीकरण भएको छ ।

पछिल्लो समय बसेको नेकपा स्थायी कमिटीको बैठकले पार्टी एकीकरणका आवश्यक कामको अध्ययन गरेर प्रतिवेदन बुझाउन सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा एक कार्यदल निर्माण ग¥यो । तर, कार्यदलले एकीकरणको खाका नबनाइ पार्टी सचिवालयले नै उक्त कार्यदल भंग ग¥यो । एकीकरणपछि भएको यो विकसित घटनाक्रमले पार्टीका कार्यकर्ता मात्र होइन, शीर्ष तहका कयौं नेता समेत अन्योलमा परेका छन् । यसले नेकपामा विभिन्न गुट उपगुटको जन्म दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो समय जिल्लाको एकीकरणको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगको परामर्शमा नाम टुंग्याउदै गर्दा माधव नेपाल समूहले आफुस“ग सल्लाह नगरी जिल्ला एकीकरण गर्न लागिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दियो । यसले नेकपाभित्रको विवाद थप सतहमा देखा परेको छ । पार्टी नेतृत्वले पार्टीको विधि, पद्धति, प्रक्रिया र नेताहरुको योगदानको अवमूल्यन गर्दै आफुखुशी जिम्मेवारी बा“डफाड गरे पार्टी निर्माण नहुने चेताबनी नेपाल पक्षले दिएको छ ।

संगठनलाई एकीकृत गरेर मिलाएर लाने सवाल पार्टी संस्थापनको प्राथमिकतामा नपरेको नेकपा स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्यको भनाइ छ । जिल्ला एकिकरण गर्दा पूर्वएमालेले करिब ४५ जिल्ला र पूर्व माओवादी केन्द्रले ३२ जिल्लाको नेतृत्व लिने तयारी भइरहेको छ ।

पूर्वएमालेबाट पाउने कोटामा नेपाल समुहलाई कम भागबन्डा गरिएपछि सो समुह रुष्ट भएको हो । भागबन्डामा पूर्वएमालेभित्र लडाइ देखिए पनि माओवादी समूह भने मौन बसेको छ । गुट उपगुटकै व्यवस्थापन गर्ने कठिनाइका कारण पार्टी एकतामा ढिलाइ भएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको ठहर छ । गुटका कारण कम्युनिष्ट आन्दोलनलाई नै धरासायी बनाउने उनको भनाइ छ ।

नेकपाभित्र वैचारिक, राजनीतिक विषयमा कुनै असहमती असमझदारी नभएको नेताहरु बताउ“छन् । तर गुटले पार्टी ग्रस्त भएकोमा उनीहरुको चिन्ता छ । नेकपाको विभिन्न गुट उपगुट र स्वार्थ समूहका कारण एकीकरण प्रक्रिया लम्बिएको हो भन्नेमा कुनै शंका रहेन ।

एकिकरण प्रक्रिया लम्बिंदा एकताले पूर्णता पाउने हो कि होइन भन्ने शंका पार्टी कार्यकता र नेतामा पर्न थालेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com