नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठुलाठुला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ ।
यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ ।
लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ । तीनै जनको मुद्दा अदालतमा विचारधीन छ । यो समाचार सुरेन्द्र काफ्लेले अन्नपूर्णमा लेखेका छन् .
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।