नेपालको पूर्वी सीमा झापाको मेची पुलमा भारतीय पक्षले सीमा स्तम्भ बनाएको पाइएको छ । भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका टोली यसबारे अनभिज्ञ छन् । सीमा स्तम्भ राखेको थाहा पाएपछि नेपाली युवाहरूले बिहिबार सीमा स्तम्भ उखालेर फालेका छन् ।
काँकडभिट्टाका स्थानीय तथा पत्रकारहरूले भारतले बनाएको स्तम्भ स्थल राखेको बारे थाहा पाएका थिए । त्यसपश्चात युवाहरूले सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी राजेश घिमिरे र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई स्तम्भबारे जानकारी लिँदा आफूहरूलाईसमेत जानकारी नभएको बताएका थिए । या खबर आजकाे नेपाल समाचारपत्रमा छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।