ताप्लेजुङको फुङलिङ नगरपालिका-९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बावुको ज्यान गएको छ।
कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारका लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद भएपछि भान्साभित्र गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए।
घटनापछि गजेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख डीएसपी संञ्जयसिंह थापाले बताए।मृतकको शव सोमबार जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको थापाले बताए। अन्नपुर्ण पोस्ट बाट
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।