उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ । साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधरणलाई खुला गरिएको हो ।

यो चिडियाखाना सर्वसाधरण र विदेशी पर्यटनसमेत जाने गरेका छन् । नेपाली गैंडा हेर्दै उनीहरुले नेपालमा कति धेरै यस्ता गैंडा होलान्, त्यहाँको जंगलमै हेर्न जान पाए कस्तो हुन्छ भन्दै आपसमा कुराकानी गरेको त्यहाँ रिर्पोटिङ गर्न पुगेकाहरुले सुनाए । यसबाट चिनियाँ पर्यटन नेपाल भ्रमणमा आकर्षित गर्न समेत मद्दत पुग्नेछ ।

०७५ चैत ९ मा नेपालले चीनलाई उपहारस्वरुप सोल्टी र मितिनी नामका एक जोडी गैंडा दिएको थियो । चिनियाँहरुले विश्वकै दुर्लभ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा निकै उत्साहित छन् । गैंडा हेर्न आउनेको घुईचो लागेको समाचार आउन थालेको छ । यो समाचार अन्नपूर्णमा अजय अलौकिकले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com