मानवअधिकार संरक्षणमा सदैव सकारात्मक : सभामुख महरा


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उहाँकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति सभामुख महराले समाजले अघि सारेका विषयप्रति आफू सकारात्मक भएको बताउनुभयो ।

सभामुख महराले यस्ता विषयमा आफूले पनि सरकारको ध्यानाकर्षण गराउने र संसद्मा यो विषयले प्रवेश पाएमा आफूले रोम विधान अनुमोदनका लागि पहल गर्ने बताउनुभएको भेटपछि समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस अवसरमा सभामुख महराले मानवअधिकार संरक्षणका विषयमा आवश्यक कानून निर्माणलगायत दण्डहीनताका विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन पनि शान्ति समाजलाई आग्रह गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटमा समाजका तर्फबाट दण्डहीनताको अन्त्यका लागि ठोस कदम चाल्न आग्रह गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने र त्यसका लागि विशेष पहल गर्न आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति गोविन्द खनाललगायत अधिकारकर्मीहरु हुनुहुन्थ्यो । शान्ति समाजले प्रत्येक वर्ष चैत १७ को सेरोफेरोमा सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com