अस्पताल लैजादै गर्दा एम्बुलेन्समै जन्मियो छोरो, तर अस्पतालले बच्चा नै साटेर ४ घन्टा पछि थमायो छोरी


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

आफ्नो सन्तान चोरेर अस्पतालले अरुको सन्तान भिडाइ दिने गरेको दृष्य फिल्म वा नाटकमा प्रशस्त देख्न पाइन्छ । तर, सुर्खेतका एक दम्पत्तिको वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।

चौकुने गाउँपालिका–५ मायातालका नविन गहत्तराज र भावना गहत्तराज सन्तान जन्माउनका लागि भारतको जिल्ला अस्पताल पिथौरागढ पुगेका थिए । अस्पताल नपुग्दै एम्बुलेन्समै छोरो जन्मियो । थप समस्या नहोस भनेर उनीहरु जिल्ला अस्पताल पिथौरागढ पुगे । तर, अस्पताल पुगेको चार घण्टा पछि बच्चा बद्लियो । छोरोको ठाउँमा अर्कैको छोरी ल्याएर राखियो ।

‘अस्पताल नपुग्दै बिचबाटोमा एम्बुलेन्समै बच्चा जन्मियो, नविनले भने ‘बच्चालाई केही समस्या नहोस् भनेर अस्पालमै लगौं तर चार घण्टापछि अस्पतालले छोरी थमायो ।’‘मेरो छोरो नै जन्मिएको हो, दायाँ आँखाको नजिकै कोठी पनि छ ।’ नविनले भने ‘छोरी मेरो होइन, नभए डिएनए टेष्ट गरौं भन्दा पनि अस्पतालले मानेन ।’ छोरो नै जन्मिएको भनेपनि अस्पतालले जबरजस्ती अर्कैकी छोरी थम्माइ दिएको उनीहरुको भनाई छ ।

छोरो जन्मिएको एम्बुलेन्समा भएका डाक्टर र एम्बुलेन्स चालकले समेत देखेको तर आफूसँग फोटो नखिचेकै कारण प्रमाण नभएपछि अस्पतालले छोरी दिएको दम्पत्तिको भनाई छ । मजदुरीका लागि केही महिनाअघि भारतको पिथौरागढ पुगेका उनीहरु अस्पतालले दिएको छोरी लिएर सुर्खेत फर्किएका छन् । यही माघ २ गते सुत्केरी बेथा लागेपछि गहत्तराज दम्पत्ति अस्पताल पुगेका थिए । तर बच्चा बाटोमै जन्मिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छोरा साट्ने अस्पताल र घटनामा संलग्न डाक्टर बिरुद्ध कानूनी प्रक्रिया अपनाउदा पनि अस्पतालले प्रहरी प्रशासन लगायर अनावश्यक दुःख दिएको उनीहरुको भनाई छ । ‘हामीले अर्काको बच्चालाई पनि राम्रैसँग राखेका छौँ ।’ नविनले भने ‘डिएनए टेष्टका लागि पहल गरी दिनुपर्‍यो ।’

कानूनी प्रक्रियाबाट छोरा दिलाइदिन नविनले नेपाल सरकारलाई अनुरोध गरेका छन् । छोरा चोर्ने अस्पताललाई कारबाही र छोरा दिलाइदिन सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेका छन् । तर प्रशासनले पनि भारतको कुरा केही गर्न नसक्ने भनेर फर्काएको गुनासो छ । यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने घटनाको विवरण बुझेपछि कानूनी प्रक्रियाका लागि राजदुताबासलाई खबर गर्न सकिने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com