शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौँ : प्रधानमन्त्री


प्रकाशित मिति : चैत्र १४, २०७५ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताउनुभएको छ । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनए विएच) मा सूचीकृत भएको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन, स्वस्थ्य हुनुपर्छ भन्नुभयो ।

राजनीति स्थायित्व पछि मुलुक आर्थिक समृद्धिको यात्रामा द्रुतरुपमा अगाडि बढेको चर्चा गर्दै उहाँले अब गरीबी र अभाव अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतान्त्रिक विधि र पद्धति, कानूनी शासन, जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक र सामाजिक जीवन माथि उकास्न लागिपरेको छ । गरीबी, पछौटेपन अन्त्य गर्न सरकार दृढ सङ्कल्प छ ।”

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उहाँले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले यहाँको हावापानी, वातावरण विश्वमा कमैमात्रमा पाइने हुँदा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा शिक्षा र स्वास्थ्यका क्षेत्रको उत्कृष्ट गन्तव्य केन्द्रका रुपमा विकसित गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेका पुरानो र ठूला वीर, शिक्षण अस्पताल, धरान अस्पतालले किन अन्तर्राष्ट्रिय मान्यता पाएनन् भन्ने प्रश्न गर्दै सार्वजनिक सम्पत्तिलाई अपनत्व ठान्दै जनताको सेवामा अधिकतम् उपयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै गएको चर्चा गर्दै मिर्गाैला, मुटु, आँखा रोगका उपचारमा सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले समृद्धिको आधार नै स्वास्थ्य भएकाले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको जानकारी दिँदै पछिल्लो समय नसर्ने रोग नियन्त्रणमा चुनौती थपिएको छ भन्नुभयो । उपप्रधानमन्त्री यादवले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना, नयाँ स्वास्थ्य नीति, सरकारी स्वास्थ्य संस्थालाई उपकरण, जनशक्ति तथा पूर्वाधारका क्षेत्रमा बलियो बनाउन लागिएको जानकारी दिनुभयो ।

सो अवसरमा नेशनल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोलाई एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएविएचको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । बालगुरु आदित्यले ‘मूल्यबापत मात्र सेवा दान होइन, उपचार सेवाबापत जीवन उपहार देऊ’ भन्ने लिखित आशीर्वचन प्रदान गर्नुभएको थियो ।

अध्यक्ष महतोले उपचारको अभावमा कुनै नेपालीले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नाका लागि आफूले स्वास्थ्य क्षेत्रमा लगानी गरेको जानकारी दिँदै अस्पताल अगामी दिनमा विरामीको सेवामा तल्लीन रहने बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थक बनाउन अरुको मुख ताक्नु हुँदैन आफैँले केही गर्नुपर्छ ।”

सो अवसरमा एनएविएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले नेपालको स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरमा पुगेकामा बधाई दिनुभयो । अस्पतालका कार्यकारी निर्देशक चिकित्सक समता प्रसादले अस्पतालका सेवाका बारेमा जानकारी दिनुभएको थियो ।

के हो एनएविएच 

अस्पतालको सेवा, जनशक्ति व्यवस्थापन, प्रविधि, बिरामी मैत्री पूर्वाधार तथा मापदण्ड लगायतका क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सूचीकृत एनएविएचले गर्दछ । नेपालकोतर्फबाट सो सूचीमा पाउने नेपाल मेडिसिटी अस्पताल पहिलो बन्न पुगेको छ ।

यसले अस्पताल र स्वास्थ्य सेवा प्रदायकको विभिन्न पद्धति र विधिबाट सूक्ष्म अनुगमन गरी स्वास्थ्य सेवा अन्तर्राष्ट्रियस्तरको हो भन्ने प्रत्याभूति गर्दछ । भारतका ठूला १७ हजार अस्पतालमध्ये ५९२ अस्पतालले मात्र एनएविएच प्राप्त गरेका छन् ।

भारत बाहिर फिलिपिन्सपछि नेपालको सो अस्पताले एनएविएच प्राप्त गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार पनि सो अस्पताल उत्कृष्ट बनेको छ । जनशक्ति, पूर्वाधार र प्रविधिको उत्कृष्ट समायोजनले गर्दा अस्पतालले सो उपाधि प्राप्त गर्न सफल रहेको बताइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com